भारतमा विदेशी कूटनीतिक निकायको झोला प्रयोग गर्दै सुन तस्करी



भारतमा विदेशी कूटनीतिक निकायको झोला प्रयोग गर्दै सुन तस्करी भएको पत्ता लागेसँगै राजनीतिक विवाद सुरु भएको छ । भारतको दक्षिणी राज्य केरलास्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र ३० किलोभन्दा बढी सुन लुकाएर राखिएको अवस्थामा भन्सार अधिकृतहरूले फेला पारेका थिए ।

झोलामा राखिएको सुन पुर्याउने ठेगानामा तिरुवनन्तपुरमस्थित संयुक्त अरब एमिरेट्स (यूएई) को वाणिज्य दूतावासको ठेगाना उल्लेख थियो ।

यूएईले उक्त विषयमा आफूलाई केही थाहा नभएको र आफ्ना एक भूतपूर्व कर्मचारी पक्राउ परेको जनाएको छ । ती कर्मचारी भारतीय नागरिक हुन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अर्का व्यक्तिलाई पनि पक्राउ परेका छन् । मङ्गलवार एउटा ट्वीटमार्फत् विज्ञप्ति सार्वजनिक गर्दै दिल्लीस्थित यूएईको दूतावासले घटनाबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।

भारतका लागि यूएईका राजदूतले “आफ्नो काम राम्रोसँग नगरेका कारण“ केही महिनाअघि एक कर्मचारीलाई निकालिएको गल्फ न्यूजलाई लाई बताएका छन् । दोषीहरूले ठूलो अपराध गर्नुका साथै भारतमा यूएईको नियोगको प्रतिष्ठा पनि धमिल्याउन खोजेकाले तिनलाई नछोडिने यूएईका अधिकारीहरूको धारणा दूतावासले सार्वजनिक गरेको छ ।

केरलामा विपक्षी दलले यो घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका भए मुख्यमन्त्रीको राजीनामा माग गरेको छ । तर राज्यका एक वरिष्ठ अधिकारीलाई भने पदबाट हटाइएको छ । समाचारसंस्था रोएटर्सका अनुसार कोरोनाभाइरस महामारीका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा भारतमा हुने सुन तस्करीको सङ्ख्या घटेको छ भने बजारमा सुनको मूल्य बढेको छ ।

भारतमा सन् २०१९ मा ११५ देखि १२० टन सुन तस्करी भएको बताउँदै यो वर्ष उक्त सङ्ख्या ह्वात्तै घट्ने सम्भावना रहेको सुनको बजार विकासलगायतका क्षेत्रमा काम गरिरहेको एउटा संस्था वर्ल्ड गोल्ड काउन्सिलका प्रमुखले रोएटर्सलाई बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट