अमेरिकामा एकैदिन ६० हजार भन्दा धेरैलाई कोरोना संक्रमण



अमेरिकामा विश्वकै एक चौथाइ सङ्क्रमित भेटिएको तथा सङ्क्रमणको दर तीव्र बन्दै गर्दा ट्रम्प प्रशासन भने विद्यालयहरू खोल्ने योजना अघि बढाएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकाहरूको सङ्ख्या ३० लाख नाघेको छ ।

साथै एक लाख ३१ हजारभन्दा धेरै मानिसले कोभिड १९ का कारण त्यहाँ ज्यान गुमाइसकेका छन् । मङ्गलवार अमेरिकामा एकैदिन सबैभन्दा धेरै नयाँ सङ्क्रमित पुष्टि भएको थियो । जहाँ ६० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको नेतृत्व गर्दै आएका उपराष्ट्रपति माइक पेन्सले अब बालबालिकालाई विद्यालय पठाउने बेला आएको बताए ।

उनले नियमहरू धेरै कडा हुन नहुने बताए । उनले सङ्क्रमणका मामिला स्थिर हुँदै गएको भनेका छन् भने राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसलाई लिएर अमेरिका ’राम्रो स्थान’मा रहेको बताएका छन् । मङ्गलवार अमेरिकामा ६० हजारभन्दा धेरै नयाँ सङ्क्रमण पुष्टि भएका थिए जुन यसअघि जुलाई २ मा कायम ५५ हजारको कीर्तिमानभन्दा धेरै छ ।

क्यालिफोर्निया तथा टेक्सस राज्य दुबैमा १० हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । सङ्क्रामक रोगसम्बन्धी विशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका कोरोनाभाइरसको सङ्क्रमणको पहिलो लहरमै अहिलेपनि ’घुँडासम्म डुबेको’ बताएका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले सेन्टर फर डिजिज कन्ट्रोल (सीडिसी)ले आधिकारिक सुझावको रूपमा स्कूलहरूका निम्ति जारी गरेको निर्देशिकालाई कठिन, महङ्गो र अव्यवहारिक भनेर निन्दा गरेका छन्। त्यसको केही समयमै नयाँ निर्देशिका जारी गरिने बताइयो ।

उनले शरद याममा नखुल्ने विद्यालयलाई सरकारी सहयोग कटौती गरिदिने धम्की पनि दिए। अमेरिकामा सामान्यतया अगस्ट वा सेप्टेम्बरको सुरुमा शैक्षिक सत्र सुरु हुन्छ । यसअघि सीडिसीले जारी गरेको निर्देशिकामा विद्यार्थी तथा कर्मचारीले मास्क लगाउनु पर्ने र आवश्यक परे घरमै रहनुपर्ने उल्लेख थियो। साथै विद्यालयहरूले लचिलो कार्य समय लागु गर्दै सामाजिक दूरी कायम गर्नुपर्ने उल्लेख थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट