उग्रवादी वामपन्थीलाई परास्त पार्ने ट्रम्पको प्रतिबद्धता



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभरि कोरोनाभाइरस सङ्क्रमण झन् बढेका बेला ४ जुलाईको सम्बोधनमा कोभिड १९ विरूद्ध मुलुकले प्रगति गरिरहेको बताएका छन् । महामारी व्यवस्थापनमा उनको तौरतरिकालाई लिएर आलोचना भइरहँदा ट्रम्पले भाइरस प्रकोप सुरु भएको चीनलाई पूर्ण रूपमा जिम्मेवार बनाउनुपर्ने बताए ।

हालै रङ्गभेद विरोधी प्रदर्शनमा अमेरिकी नेताहरूका सालिक फोडेका प्रदर्शनकारीको ट्रम्पले कडा आलोचना गरे । उनले उग्र वामपन्थी, माक्र्सवादी, ध्वंसवादी, आन्दोलनकारी र लुटेराहरूलाई परास्त पार्ने प्रतिबद्धता व्यक्त गरे । जुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवस हो । कोरोनाभाइरसका कारण यस वर्षको स्वतन्त्रता दिवसका धेरैजसो कार्यक्रम रद्द गरिएका थिए ।

ट्रम्पले साथमा श्रीमती मेलानिया राखेर ह्वाइटहाउसको बगैँचामा अमेरिकी सुरक्षाकर्मी र अग्रमोर्चाका मेडिकल कर्मचारीको भिडलाई सम्बोधन गरेका थिए । उनले आफ्ना देशका प्रतिभाशाली वैज्ञानिकहरूले आउँदो वर्षको अन्त्य अगावै औषधी वा खोपको समाधान निकाल्ने बताए ।

अहिले अमेरिकामा विश्वकै सबभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमित छन् र सबभन्दा धेरै मानिसको मृत्यु पनि त्यहीँ भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार शनिवार २४ घण्टामा मात्र ४३ हजार भन्दा बढी सङ्क्रमित फेला परेका थिए। सङ्क्रमण सबभन्दा चुलिएको फ्लोरिडामा मात्र ११,४५८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट