नागाल्यान्डमा कुकुरको मासु कारोबारमा प्रतिबन्ध



भारतको नागाल्यान्ड राज्यले कुकरको मासु कारोबार तथा आयातमा प्रतिबन्ध लगाएको छ। उक्त कदमलाई पशु अधिकारवादीहरूले स्वागत गरेका छन् । पशु कल्याणको क्षेत्रमा कार्यरत समूहहरूले निरन्तर अभियान चलाएसँगै भारतको उत्तर पूर्वी राज्य सरकारले त्यस्तो घोषणा गरेको हो ।

उक्त घोषणालाई त्यस्ता समूहले भारतमा कुकुरमाथि हुने क्रूरताको अन्त्य गर्ने प्रमुख विषयका रूपमा लिएका छन् । तर केही नागरिक समाज समूहले भने खानपान प्रथामाथि आक्रमण भन्दै उक्त कदमको आलोचना गरेका छन् । भारतमा कुकुरको मासु खानु गैरकानुनी छ तर उत्तर पूर्वी क्षेत्रमा भने यसलाई विशेष परिकारका रूपमा लिइन्छ ।

‘राज्य सरकारले कुकुरको मासु आयातमा रोक लगाउने निर्णय गरेको छ। कुकुर बेचबिखन गरिने बजार र पकाइएको वा काँचो मासु दुवैको किनबेचमा रोक लगाइएको छ,’ नागाल्यान्डका मुख्य सचिव तेमजेन टोयले शुक्रवार ट्वीट गरे ।

‘राज्य सरकारको मन्त्रिपरिषद्ले गरेको यो विवेकपूर्ण निर्णयको म स्वागत गर्छु।’ सरकारले प्रतिबन्ध कसरी लागु गर्नेछ भन्ने विषयमा भने थप विवरण सार्वजनिक गरेको छैन। भारतीय सञ्चारमाध्यमहरूका अनुसार एउटा बजारमा बोरामा कोचिएका कुकुरका तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि त्यसविरुद्ध आक्रोश फैलिएको थियो ।

नागाल्यान्डमा गैरकानुनी रूपमा प्रत्येक वर्ष करिब ३०,००० कुकुरको तस्करी गरिने र ती जनावरलाई घरेलु कच्चा हतियारले हानेर मारिने गरेको द ह्युमेन सोसाइटी इन्टर्न्याश्नलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट