विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ११ लाख नाघ्यो, ५ लाख २९ हजारको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट एक करोड ११ लाख ८९ हजार हजार ३ सय ८८ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ५ लाख २९ हजार ६४ जनाको मृत्यु भएको छ । यसैगरी, संक्रमितमध्ये ६२ लाख ९७ हजार २ सय २ जना उपचारपछि निको भएर घर फर्किएका छन् । वल्डोमिटरको तथ्याङ्क अनुसार अझैपनि विश्वभर ४३ लाख ६२ हजार भन्दाबढी मानिसहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

उनीहरुमध्ये ४३ लाख ४ हजारको अवस्था सामान्य छ भने ५८ हजार ८ सय ३६ जनाको अवस्था गम्भिर रहेको छ ।कोरोनाभाइरसकै कारण विश्वमा सबैभन्दा बढी अमेरिकामा सङ्क्रमित र मृत्यु भएका छन् ।

अमेरिकामा हालसम्म २८ लाख ९० हजार बढी मानिसहरु संक्रमित भएका छन् भने १ लाख ३२ हजार बढीको मृत्यु भइसकेको छ । यस्तै, ब्राजिलमा ६३ हजार बढी, बेलायतमा ४४ हजार १ सय, इटलीमा ३४ हजार ८ सय , फ्रान्समा २९ हजार ८ सय, स्पेनमा २८ हजार ३ सय, मेक्सिकोमा २९ हजार ८ सय, भारतमा १८ हजार ६ सय र इरानमा ११ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट