कोभिड-१९ विरुद्ध आफ्नो देशले सफलता प्राप्त गरेको किमको दावी



उत्तर कोरियाली नेता किम जङ उनले कोभिड १९ विरुद्ध आफ्नो देशले प्राप्त गरेको ’सफलता’ को प्रशंसा गरेको राज्य नियन्त्रित समाचारसंस्था केसीएनएले जनाएको छ । पार्टीको पोलिटब्यूरो बैठकमा बोल्दै किमले उत्तर कोरियाले घातक भाइरसको प्रवाहलाई रोक्न सकेको र स्थिर अवस्था कायम गरेका बताएका हुन् ।

कोरोनाभाइरस संसारभरि फैलिरहेको बेला छ महिनाअघि उत्तर कोरियाले आफ्नो सीमा बन्द गर्दै हजारौँ मानिसलाई क्वारन्टीनमा राखेको थियो । उत्तर कोरियाले आफ्नो देशमा कोरोनाभाइरस सङ्क्रमण नभएको दाबी गरेको छ। तर विश्लेषकहरू यो असम्भव भएको मान्छन् । किमले बिहीवार पोलिटब्यूरो बैठकमा महामारीविरुद्धको छ महिना लामो राष्ट्रिय सङ्कटकालीन कामको विस्तृत विश्लेषण गरेको बताइएको छ ।

उनले पार्टीको केन्द्रीय समितिको दूरदर्शी नेतृत्वले कोरोनाभाइरसलाई नियन्त्रण गर्न सफल भएको बताएको उल्लेख गरिएको छ । तर उनले छिमेकी देशहरूमा भाइरस अझै रहेको बताउँदै महामारीविरुद्धको कार्यमा आराम नगरी सतर्कता कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले  अहिलेको अवस्थामा त्रुटि भएमा महामारीले अकल्पनीय र अपूरणीय सङ्कट निम्त्याउने बताएका केसीएनएले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र

इजरायली आक्रमणमा इरानको रिभोलुशनरी गार्डका प्रमुख होसेन सलामको मृत्यु

बीबीसी । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरायली डिफेन्स फोर्सले बताएको छ

‘एयर इन्डियाको विमान दुर्घटनाले नागरिक उड्डयन क्षेत्रमा सन्नाटा’

काठमाडौं । भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ