भारतको कानपुरमा बन्दुकधारीको आक्रमणबाट आठ प्रहरीको मृत्यु



भारतको कानपुरमा एक कुख्यात अपराधीलाई समाउन गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा एक आठ प्रहरी अधिकारीको मृत्यु भएको छ । घटनामा चार प्रहरी घाइते भएका छन् । कानपुरको चौबेपुरको बिकरुगाउँमा अपराधी समाउन गएको प्रहरी टोलीमाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा एसपी देवेन्द्र मिश्रासहित तीन सब इन्स्पेक्टर र चार प्रहरी हवल्दार रहेका छन् । कुख्यात अपराधी विकास दुवेलाई पक्राउ गर्न गएको प्रहरीको टोलीमाथि आपराधिक समूहले अन्धाधुन्ध गोली हानेको थियो । प्रहरीले दुवेको टाउकाको मूल्य २५ हजार तोकेको थियो । जिल्ला पञ्चायतका पूर्व सदस्य दुबेविरुद्ध विभिन्न ५३ अभियोग रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा