पुटिनको कार्यकाल थप लम्ब्याउन सक्नेगरी संविधानमा परिमार्जनको प्रस्ताव चुनावबाट अनुमोदन



रुसमा भएको जनमतसङ्ग्रहको अन्तिम चरणमा पुगेको मतगणनाबाट संविधान परिमार्जनको प्रस्ताव अनुमोदन भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्ब्याउने बाटो खुला गरिदिने लगायतका बुँदा परिमार्जनमा प्रस्तावित थिए ।

निर्वाचन अधिकारीहरूका अनुसार संविधान परिमार्जनको प्रस्तावमा भएको चुनावको मतगणना करिब ९० प्रतिशत भइसकेको छ । र, ती मध्ये ७७ प्रतिशतले प्रस्तावको पक्षमा मतदान गरेका छन् । जनमतको निम्ति राखिएको प्रस्तावको एउटा मुख्य बुँदामा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमा रहने बाटो खुला गरिदिने प्रस्ताव गरिएको थियो ।

संविधानमा गरिने परिमार्जनसँगै सन् २०२४ सम्म कार्यकाल बाँकी रहेका ६७ वर्षीय पुटीन त्यसपछि पनि छ, छ वर्षका दुईवटा कार्यकाल राष्ट्रपतिको उम्मेदवार बन्न सक्छन्। अर्थात् चुनावमा उठे र जितेमा उनले सन् २०३६ सम्म रुसको नेतृत्व गर्न सक्छन् । विपक्षीहरूले संविधान परिमार्जनलाई आजीवन राष्ट्रपति बन्ने पुटिनको दाउपेच भनेका छन्। पुटिनले भने त्यो आरोप अस्वीकार गरेका छन् ।

पुटिनका मुख्य विपक्षी एलेक्से नभाल्नीले चुनावलाई ठूलो झूटको भन्दै त्यसले रुसी नागरिकको वास्तविक धारणाको प्रतिनिधित्व नगर्ने बताए । चुनावमा ६४ प्रतिशत मत खसेको अधिकारीहरूले जनाएका छन् । कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन यसअघि एक दिन गर्ने भनिएको मतदान एक हप्तासम्म चलेको थियो।तर त्यसको स्वतन्त्र परीक्षण भएको छैन।

मतदानविरुद्ध देशका कतिपय ठाउँमा प्रदर्शनहरू पनि भएका छन् । यसअघि पनि चुनावको मिति प्रस्ताव गरिएपछि विरोध ¥यालीहरू आयोजना गरिएका थिए तर अधिकारीहरूले लकडाउनसम्बन्धी नियम देखाउँदै त्यसमा प्रतिबन्ध लगाइदिए । मतदानविरूद्ध हस्ताक्षर अभियान चलाइएको वेबसाइट अदालतहरूले बन्द गरिदिएका थिए । पुटिनले गत ज्यानुअरीमा राखेको सन् १९९३ को रूसी संविधान परिमार्जनको प्रस्ताव संसद्को दुवै सदनले स्वीकार गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट