सीमामा भारतीय सेनासँग भिड्न चिनियाँ सैनिकलाई मार्सल आर्ट प्रशिक्षण



आफ्ना सैनिकलाई प्रशिक्षण दिन चीनले २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाउने बताएको छ । आधिकारिक प्रतिक्रिया नजनाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा भएको हिंसापछि चालिएको कदम हो । सन् १९९६ मा गरिएको एक सम्झौताका कारण सीमा क्षेत्रमा खटिएका भारत र चीनका सेनाले बन्दुक वा विस्फोटक पदार्थ बोक्न पाउँदैनन् ।

हालै भारत र चीनका सेनाबीच सीमामा भएको बन्दुकजस्ता हतियार प्रयोग नगरिएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिको मृत्यु र ७६ जना घाइते भएका थिए । हालसम्म चीनले आफ्नो पक्षको क्षतिको विवरण सार्वजनिक गरेको छैन । हङ्कङका सञ्चारमाध्यमहरूका अनुसार मार्सल आर्ट प्रशिक्षक खटाइने समाचार चीनका आधिकारिक सञ्चारमाध्यमले जुन २० तारिखमा लेखेका थिए ।

सीसीटीभीका अनुसार एन्बो फाइट क्लबका २० जना प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा रहने छन् । तर उनीहरूले सीमा क्षेत्रमा खटिएका सैनिकलाई प्रशिक्षण दिने वा नदिने विषयमा भने सीसीटीभीले जानकारी दिएको छैन । आणविक हतियार भएका चीन र भारतले लद्दाखको गलवान उपत्यकामा जुन १५ मा भएको घटनामा एक अर्कालाई दोषारोपण गरिरहेका छन् ।

प्रतिकूल मौसम रहेको यो उच्च हिमाली भेग अक्साइ चीन भनिने विवादित क्षेत्रमा पर्छ जसमा भारतको दाबी भए पनि चीनको नियन्त्रणमा छ । भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ । तर चार दशकभन्दा बढी समयपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो । दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो ।

त्यसमा भारत नराम्ररी पराजित भएको थियो । चीनले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ । सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन् । गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा पनि हात हालाहाल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’