इरानद्वारा नयाँ सैन्य हतियार सार्वजनिक



इरानको इस्लामिक रेबोल्युसनरी गार्डर्स कर्पस् आईआरजीले नयाँ सैन्य हतियार सार्वजनिक गरेको छ । जसमा एक जासुसी ड्रोन पनि रहेको छ । जुन १२ हजार फिटको उचाइसम्म पहुँच राख्ने क्षमताको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले इरानमाथि लगाइएको हतियार प्रतिबन्धको समय सीमा बढाउने चर्चा चलिरहेकै बेला इरानले नयाँ प्रविधिको हतियार सार्वजनिक गरेको हो ।

आईआरजीसीका कमान्ड म्यानेजर जनरल हुुसैन सलामीले पत्रकार सम्मेलन मार्फत हतियार सार्वजनिक गर्दै इरान आधुनिक हतियारले सुसम्पन्न राष्ट्र भएको प्रतिक्रिया दिएका छन् । सार्वजनिक गरिएको हतियारहरुमा बीटीआर ५० ट्यांक पनि छन् जुन अन्य राष्ट्रको तुलनामा निकै नयाँ हो ।

मेजर जनरल सलामीले इरान एक शक्ति राष्ट्रको रुपमा स्थापित भइसकेको ठोकुवा गर्दै संयुक्त राष्ट्रसंघले आफनो देशमाथि लगाएको हतियार प्रतिबन्धले केही फरक नपर्ने जिकिर गरेका छन् । यद्यपी, उनँले अमेरिका र अमेरिकाको सहयोगी राष्ट्रहरुबाट आफूहरु खतरामा रहेको भन्दै आफना देशका बैज्ञानिकहरुले सैन्य सामग्री तयार पार्नमा जुटेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा