अमेरिकामा कोरोना संक्रमणबाट १ लाख ८० हजार भन्दा बढीको मृत्यु हुन सक्ने



संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा ४० हजार भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । फ्लोरिडा राज्यमा मात्रै झन्डै ९ हजार नयाँ सङ्क्रमित थपिएका छन् जुन सङ्ख्या अघिल्लो दिनको तुलनामा ६२ प्रतिशतले बढी हो । कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरूको सङ्ख्यामा वृद्धि देखिएसँगै फ्लोरिडा र टेक्सस दुवै राज्यले फेरि प्रतिबन्धात्मक उपायहरू अवलम्बन गरेका छन् ।

अमेरिकाले गम्भीर समस्याको सामना गरिरहेको कोरोनाभाइरससम्बन्धी सरकारका एक प्रमुख सल्लाहकार डा. एन्थोनी फाउसीले बताएका छन् । दुई महिनायता ह्वाइट हाउस टास्क फोर्सको पहिलो ब्रीफिङमा बोल्दै उनले त्यसलाई अन्त्य गराउने एक मात्र उपाय भनेको सबै मिलेर काम गर्नुपर्ने बताए । डा. फाउसीले कोरोनाभाइरस सङ्क्रमण फैलिने क्रमलाई रोक्न नसकिए राम्रो गरिरहेका देशका अन्य भाग पनि अब प्रभावित हुनसक्ने बताए ।

उपराष्ट्रपति माइक पेन्सले पनि १६ वटा दक्षिणी राज्यहरूमा सङ्क्रमण बढ्दै गएको स्वीकारेका छन् । तर भाइरस फैलिने क्रमलाई अमेरिकाले सफलतापूर्वक मन्द बनाइदिएको उनको दाबी छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रवार थप ४० हजार १७३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो । अमेरिकामा हालसम्म २४ लाख व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने देशभरि १ लाख २५ हजार भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् ।

कोरोनाभाइरस सङ्क्रमित र त्यसबाट मृत्यु हुने सङ्ख्याको हिसाबले अमेरिका विश्वमै पहिलो स्थानमा छ । अमेरिकी स्वास्थ्य अधिकारीहरूका अनुसार देशमा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या अहिले भनिँदै आएकोभन्दा कैयौँ गुना बढी हुनसक्छ । बिहीवार सेन्टर्स फर डिजीजेज कन्ट्रोल (सीडीसी)ले सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएका सङ्क्रमणभन्दा दशगुना बढी हुनसक्ने बताएको थियो ।

आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजार व्यक्तिको मृत्यु हुन सक्ने वाशिङ्टन विश्वविद्यालयको अनुमान छ । तर ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाए त्यो सङ्ख्या १ लाख ४६ हजार मात्र हुने उसको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफ्रिकामा एमपक्स सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघ्यो

आदिस अबाबा । अफ्रिकामा यस वर्ष हालसम्म एमपक्सबाट सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघेको

६ दिनमा करिब सात हजार सिरियाली लेबनान प्रवेश

बेरुत । आइतबार बसर अल–असदको नेतृत्वमा रहेको सिरियाली सरकारको पतन भएदेखि करिब सात

वैदेशिक रोजगारीमा जाने श्रीलङ्कालीहरूको सङ्ख्यामा वृद्धि

कोलम्बो । श्रीलङ्काको वैदेशिक रोजगार ब्यूरो (एसएलबीएफइ) ले डिसेम्बर १३ सम्म तीन लाख

चीनद्वारा पाँच वटा उपग्रह प्रक्षेपण

जिउक्वान । चीनले बिहीबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पाँचवटा प्रयोगात्मक उपग्रहहरूको