चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी



अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । उनले नयाँ सुरक्षा कानून ल्याएर हङकङको स्वतन्त्रता कमजोर बनाएको भन्दै अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीलाई भिसा नदिने तयारी गरेको बताएका छन् ।

नयाँ प्रतिबन्ध सिसीपीका वर्तमान तथा पूर्व अधिकारीमाथि केन्द्रित रहने विदेश मन्त्री पोम्पेओले बताए । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको स्वायत्तता कमजोर बनाउने चिनियाँ अधिकारीलाई दण्ड दिने बताएका थिए । केही दिनपछि चीनको संसद बैठक बस्दैछ । नेशनल पिपुल्स कंग्रेसको स्थायी कमिटिले नयाँ सुरक्षा कानूनमाथि छलफल गर्ने छ ।

सो बैठक आइतबारदेखि सुरु हुनेछ । नयाँ सुरक्षा कानून अनुसार चीनले हङकङमा पहिलो पटक आफ्नो सुरक्षा एजेन्सीको कार्यालय खोल्दैछ । यसको विरोधमा हङकङमा प्रदर्शन भएका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मस्कोनजिकै आप्रवासी छात्रावासमा आगलागी, आठ जनाको मृत्यु

मस्को नजिकैको एक गाउँमा बिहीबार आप्रवासीहरू बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

  चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको

मेक्सिकोमा ‘स्टेज’ भत्किँदा नौ जनाको मृत्यु

  बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने

पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको