इमरान खानले बिन लादेनलाई शहीद भनेपछि…..



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आतङ्कवादी सङ्गठन अलकायदाका संस्थापक नेता ओसामा बिन लादेनलाई शहीदको सङ्ज्ञा दिएपछि उनको चर्को आलोचना भएको छ । बिहीवार संसद्मा सम्बोधन गर्दै खानले पाकिस्तानमा आएर अमेरिकी सेनाले बिन लादेनको हत्या गर्नु आफ्ना लागि लज्जास्पद विषय भएको बताएका थिए ।

त्यही प्रसङ्गमा उनले बिन लादेनलाई अमेरिकाले शहीद बनाइदिएको टिप्पणी गरेका थिए । अमेरिकाले सन् २००१ सेप्टेम्बर ११ तारिखमा भएका आतङ्कवादी आक्रमणहरूको योजनाकार बिन लादेनलाई मानेको थियो । योभन्दा ठूलो अपमान अरू के हुन्छ भन्ने प्रश्न गर्दै उनले अमेरिका र पाकिस्तानको सम्बन्धबारे प्रश्न गरे ।

सन् २०११ मा भएको एउटा नाटकीय र गुप्त सैन्य कारबाहीमा अमेरिकाले उनलाई मारिदिएको थियो । खानको सम्बोधनपछि विपक्षी दलहरूले खानको आलोचना गरेका छन् ।

पाकिस्तान पीपल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले खानको भनाइ उनको हिंसक अतिवादलाई खुसी बनाउने विगत सँग मिलेको भन्दै कटाक्ष गरेका छन् । विपक्षी सांसद ख्वाजा मोहम्मद आसिफले “पाकिस्तानमा आतङ्कवाद भित्र्याउने“ बिन लादेनलाई शहीद भनेकोमा संसद्मै आपत्ति प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’

प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

  क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

    विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री