पुटिनले चाहेमा आगामी सन् २०३६ सम्म सत्तामै रहने



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी १६ वर्षसम्म पदमै रहिरहन बाटो खोलेका छन् । अहिलेको संवैधानिक व्यवस्थामा सन् २०२४ मा पदावधि सकिने भएपछि नयाँ जनमतमार्फत् उनले अरु १२ वर्ष कार्यकाल लम्ब्याउन सक्ने व्यवस्था मिलाएका छन् । एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक गरिएको नतिजा अनुसार राष्ट्रपति पुटिनले चाहँदा आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउनेछन् ।

पुटिनलाई लामो समयसम्म शक्तिमा टिकाईराख्न बनाइएको नयाँ संवैधानिक व्यवस्थाका पक्षमा ठूलो मत परेको हो । आफ्नो कार्यकाल लम्ब्याउन मिल्ने संविधान संशोधनसम्वन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याए पनि मतदान भने हालै मात्र गराइएको हो । अप्रिल २२ का लागि तय गरिएको मतदानको मिति कोरोना भाइरसको संक्रमणका कारण जुन १ का लागि सारिए पनि हुन सकेको थिएन ।

तर अहिले भने मतदानसमेत सकाएर नतिजा सार्वजनिक गरिएको हो । नयाँ व्यवस्थाअनुसार अब राष्ट्रपति पुटिन थप दुई कार्यकाल शक्तिमै रहन सक्नेछन् । प्रत्येक कार्यकाल ६ वर्षको हुने भएकाले उनले आगामी १२ बर्ष रुसमा शासन गर्ने कानूनी बाटो खुलाइएको हो ।

रुसी सत्ता भ्रष्टाचारमा लिप्त रहेको भन्दै आवाज उठाइरहेका विपक्षी नेता नभाल्नीसहितलाई उनले पटक पटक जेल हालेका छन् ।
आफूलाई चुनौति दिने व्यक्तिलाई चुनावी मैदानमा उत्रनै नदिन पुटिनले अनेकन हत्कण्डा अपनाउने गरेको आरोप लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’