पाकिस्तानमा विमान दुर्घटना मानवीय त्रुटीका कारण



पाकिस्तानमा गरिएको एउटा अनुसन्धानले गत महिना ९७ जनाको ज्यान जाने गरी भएको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)को जहाज दुर्घटनामा मानवीय गल्तीलाई जिम्मेवार ठहर्याएको छ ।

उड्डयन मन्त्री गुलाम सर्वार खानले संसदलाई त्यसबारे जानकारी दिँदै पाइलट र हवाई नियन्त्रकले उड्डयन मापदण्ड पालना नगरेको बताए । उनका अनुसार कोरोनाभाइरसबारेको कुराकानीका कारण पाइलटको ध्यान अन्यत्र मोडिएको थियो । २२ मेमा भएको उक्त दुर्घटनामा दुईजना यात्रु मात्र बाँच्न सकेका थिए । निकै उचाइमा उडान गरिरहेका पाइलटले अवतरण गियर प्रयोग नगरेको र इन्जिनमा समस्या आएको जानकारी टावरलाई दिन विफल भएको मन्त्री खानको भनाइ थियो ।

उनले एयरबस ए३२० विमानमा कुनै खराबी नरहेको भन्दै पहिलो अवतरण प्रयासमा ’ल्यान्डिङ गियर’ राम्ररी खोल्न नसकेको र त्यसकै कारण पुनस् उड्नुअघि छुस्स जमिनमा छोएको बताए । दोस्रो अवतरणको क्रममा हवाई नियन्त्रकहरूले पाइलटलाई इन्जिन नराम्ररी बिग्रिएकोबारे जानकारी दिन चुकेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही