अमेरिकामा कोरोना सङ्क्रमणमा वृद्धि



अमेरिकाका प्रमुख सरुवा रोग विशेषज्ञले सांसदहरूलाई केही राज्यमा बेचैन पार्ने गरी कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि देखिएको बताएका छन् । डा. एन्थोनी फाउचीले अमेरिकामा कोरोनाभाइरसको नयाँ प्रकोप रोक्नका लागि आगामी केही दिन महत्वपूर्ण हुने बताएका हुन् । अमेरिकाका केही राज्यहरूमा सङ्क्रमणम तीव्र गतिमा बढिरहेको छ । फाउची र अन्य तीन जना विज्ञहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई कहिल्यै परीक्षणलाई कम गर्न नभनेको बयान दिएका छन् ।

ओक्लाहोमामा भएको एउटा र्यालीमा ट्रम्पले सङ्क्रमण कम देखाउन परीक्षणको दायरा कम गर्नु भन्ने सल्लाह दिइएको बताएपछि ती विज्ञहरूको भनाइ आएको हो । ह्वाइटहाउसले भने राष्ट्रपतिको भनाइ व्यङ्ग्यात्मक भनेको छ । डा. फाउचीले भने, ‘मेरो जानकारीमा भएसम्म हामीमध्ये कसैले पनि कहिल्यै पनि परीक्षण कम गर्न भनेका छैनौँ।’ कोरोनाभाइरस महामारी रोकथामका लागि अमेरिकाले चालेका कदमहरूबारे अनुसन्धान गर्न संसदीय समितिलाई बयान दिँदै डा. फाउचीले यस्तो बताएका हुन् ।

उनी नेशनल इन्टिट्युट अफ एलर्जी एन्ड इन्फेक्सिअस डिजिजेजका निर्देशक हुन् । उनले थप परीक्षणहरू गरिनेमा जोड दिए । सेन्टर्स फर डिजिजेज् कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसी, फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीए र डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेजबाट प्रतिनिधित्व गर्ने अन्य तीनजना अधिकारीहरूले पनि राष्ट्रपतिको भनाइ खण्डन गरेका छन् ।

उनीहरूले कहिल्यै पनि परीक्षण कम गर्न सल्लाह नदिएको बताए । अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण हालसम्म एक लाख २० हजार जनाको ज्यान गइसकेको छ । यो सङ्ख्या विश्वकै सबैभन्दा धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक

रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको