भारतले दिल्लीस्थित पाकिस्तानी दुतावासका आधा कर्मचारीलाई देश निकाला गर्ने



भारतले दिल्लीस्थित पाकिस्तानी दुतावासमा कार्यरत आधा कर्मचारी निष्काशन गर्ने भएको छ । जासुसी तथा आतकंवादीहरुसँगको सम्बन्धमा जोडिएको आरोप लगाउँदै भारतले पाकिस्तानी दुतावासमा कार्यरत कर्मचारीहरुलाई देश निकालाको तयारी गरेको हो ।

भारतले पाकिस्तानको इस्लामावादस्थित भारतीय दुतवासमा कार्यरत कर्मचारीको संख्या पनि आधा कटौती गर्ने जानकारी भारतीय विदेश मन्त्रालयले दिएको छ ।

भारतको एकतर्फी निर्णयको पाकिस्तानी अधिकारीहरुबाट अहिलेसम्म कुनै आधिकारीक प्रतिक्रिया आएको छैन । भारतले तीन हप्ता अगाडि दुई जना पाकिस्तानी कुटनीतिज्ञलाई देश निकाला गरेपछि दुई देशबिचको सम्बन्ध फेरि चिसिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ