भारतका रक्षामन्त्री राजनाथ सिंह रुस भ्रमणमा गएका छन् । रुससँग रक्षा मामला र सामरिक साझेदारी रहेको भारत लद्दाखमा चिनियाँ सैनिकबाट आफ्ना २० सैनिक मारिएपछि रक्षा मन्त्री सिंह मस्को भ्रमणका गएका हुन् । रुसले जर्मनी नाजी सेनामाथि विजय पाएको ७५ औं वर्षगाँठको कार्यक्रममा समेत सिंह सहभागी हुने बताइएपनि चीनसँगको सैन्य खटपटपछि सहाराको खोजीमा रुसको समर्थन खोज्न गएको आँकलन गरिएको छ ।
सिंहले मस्को यात्रामा भारत–रुस रक्षा र सामरिक साझेदारी बलियो बनाउने बारेमा छलफल हुने जानकारी दिएका छन् । त्यसले पनि यो भ्रमण भारतमाथि बढ्दो चिनियाँ सैन्य ताकतमाथि नै केन्द्रित रहने अनुमान गरिएको छ । रुससँग भारतको दशकौं लामो सैन्य सम्बन्ध रहनुका साथै भारतमा रहेका अधिकांश सामरिक शस्त्रहरु रुसमा निर्मित रहेका छन् ।

प्रतिक्रिया