साउदी अरबले हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध लगाउने



साउदी अरबले यस वर्षको हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध लगाउने भएको छ । साउदी सरकारले आफ्नो देशका तीर्थयात्रीले मात्र भाग लिन पाउने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको डरमा कारण यस वर्ष विश्वभरबाट आउने तीर्थयात्रीलाई मक्का मदिनामा बन्देज लगाइएको हो । साउदी सरकारले हजलाई प्रतिबन्ध नलगाइने तर देशभित्रका बाहेक अरुलाई अनुमति नदिने जनाएको हो ।

सीमित संख्यालाई मात्र प्रवेश दिइने साउदी सरकारले जनाएको हो । साऊदी अरब सरकारको हज मन्त्रालयले कोरोना भाइरस संक्रमणका कारण यस वर्ष सीमित हाजीलाई मात्र अनुमति दिने जनाएको हो । अनुमति साऊदी अरबका नागरिकले मात्र पाउने उसले जनाएको छ । तर अनुमति पाउनेले पनि सुरक्षाका सबै उपाय अपनाउनुपर्ने जनाइएको छ ।

बकरीदको समयमा हुने हज यस वर्ष आउँदो अगस्टको पहिलो साता हुँदैछ । प्रत्येक वर्ष हज गर्न २० लाखभन्दा बढी मुसलमान मक्का मदिना पुग्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’