भारतमा पछिल्लो २४ घण्टामा १५ हजार भन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि



भारतमा विगत २४ घण्टामा १५ हजार भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार यो वृद्धिसँगै देशभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या चार लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्सले सङ्कलन गरेको कोरोनाभाइरसको विश्वव्यापी तथ्याङ्कले भारत सर्वाधिक प्रभावित देशको सूचीमा अमेरिका, ब्रजिल र रुसपछि चौथो स्थानमा परेको देखाउँछ ।

अहिले भारतमा कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले हप्तौँ लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ । प्रतिबन्धहरू खुकुलो पारिँदा सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने आशङ्का विज्ञहरूको छ । भारतमा सङ्क्रमण अझै उत्कर्षमा पुग्न बाँकी भएको बताइन्छ । विगत २४ घण्टामा भारतमा १५ हजार ४१३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो एकै दिन वृद्धि भएको सर्वाधिक सङ्ख्या हो । सो अवधिमा ३०६ जनाको मृत्यु भएको सरकारले बताएको छ ।

यससँगै मृतकको कुल सङ्ख्या १३ हजार २५४ पुगेको छ । अहिले भारतमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४ लाख १० हजार ४६१ छ भने तीमध्ये दुई लाखभन्दा बढी व्यक्ति निको भएका छन् । भारतको महाराष्ट्र राज्यमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका छन् । त्यसपछि तामिलनाडु र दिल्ली धेरै प्रभावित भएका छन् ।

नेपालसँग सीमा जोडिएका पश्चिम बङ्गाल, उत्तर प्रदेश, बिहार तथा उत्तराखण्ड राज्यमा सङ्क्रमित व्यक्ति भेटिने क्रम जारी छ । विश्वभरि झन्डै ८८ लाख जनामा सङ्क्रमण पुष्टि हुँदा ४ लाख ६४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ