आफ्नो नियन्त्रणमा रहेका भारतीय सैनिक चीनद्वारा मुक्त



चीनले सीमा भिडन्तको क्रममा नियन्त्रणमा लिएको दशजना भारतीय सेनाका जवानलाई मुक्त गरेको छ । गत सोमबार भारत र चीन जोड्ने लद्दाखमा दुबै राष्ट्रका सेनाबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । भारतीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले दश जना सिपाहीलाई मुक्त गरिएको उल्लेख गरेको छ ।

भारत सरकारले भने उक्त सूचनाको पुष्टि गरेको छैन । भारतले भिडन्तको क्रममा कुनै सिपाही हराएकोबारे पुष्टि गरेको छैन । चीनले भिडन्तको क्रममा भएको क्षति सम्बन्धमा खुलाएको छैन । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिचियानले भने चीनतर्फ पनि क्षति भएको बताएका थिए ।

तर दुबै देशका नागरिकस्तरमा पर्नसक्ने नकारात्मक प्रभाब र संवेदनशिलतालाई ध्यानमा राखेर चीनले संख्या नखुलाएको बताइएको छ । भारततर्फ भने एकजना कर्णेलसहित २० जना सेनाको मृत्यु भएको थियो । ७६ जना घाइते भएका थिए । गत् सोमबार भारत र चीनको सेनाबीच सीमा जोड्ने लद्दाखको गलवान नदी छेऊमा भिडन्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा

भारतमा थप ३० हजारलाई कोरोना संक्रमण

भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना

प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको प्रयास, हेल्मण्ड सहरमा भीषण लडाइँ

तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण

अमेरिकी सेनाको अचानक फिर्तापछि सुरक्षा बिग्रेको अफगान राष्ट्रपतिको भनाइ

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक’ निर्णय देशको खस्कँदो