गलवान उपत्यकाको स्वामित्वमा चिनियाँ दाबी भारतद्वारा अस्वीकार



चीन र भारतका सैनिकबीच झडप भएको गलवान उपत्यकामा आफ्नो स्वामित्व भएको चीनको दाबीलाई भारतले अस्वीकार गरेको छ । सोमबार राति त्यहाँ भारतीय र चिनियाँ सैनिकबीचको भएको झडपमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त घटनापछि दुई एशियाली शक्तिबीच तनाव चर्किएको छ ।

भारतीय विदेश मन्त्रालयले गलवान क्षेत्रमा चीनको दाबीलाई ’अतिरञ्जित र समर्थन गर्न नसकिने’ भएको बताएको छ । दुवै पक्षले विकट हिमाली क्षेत्रको विवादास्पद सीमामा भएको घटनाका सम्बन्धमा आ आफ्नो विरोध जनाइसकेका छन् । चीनले आफ्नो क्षतिका बारेमा बताएको छैन तर भारतीय सञ्चारमाध्यमहरूले कम्तीमा ४० चिनियाँ सैनिकको ज्यान गएको दाबी गरेका छन् ।

भारतका केही सैनिकहरू हराइरहेको बताइएको छ । बुधवार चीनले एउटा सैन्य विज्ञप्तिलाई इङ्गित गर्दै गलवान उपत्यका आफ्नो भएको बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले दुवै देशका विदेशमन्त्रीहरूले फोनवार्ता गरेका र ’स्थितिलाई जिम्मेवार तरिकाले व्यवस्थापन गर्न सहमत भएको’ बताएका छन् ।

प्रेस ट्रस्ट अफ इन्डियाले श्रीवास्तवले ’अतिरञ्जित र अस्वीकार्य दाबी सहमतिविपरीत भएको’ बताएको उल्लेख गरेको छ । दुई देशका विदेशमन्त्रीको वार्तापछि जारी प्रेस विज्ञप्तिमा भारतले चीनले रणनीतिक रूपमा महत्त्वपूर्ण गलवान उपत्यकाको सीमामा चीनले निर्माण गर्न प्रयास गरेपछि सङ्घर्ष भएको दाबी गरेको छ ।

भारतले त्यसलाई ’हिंसा र मानवीय क्षतिका लागि जिम्मेवार योजनाबद्ध कार्य’ भन्दै चीनलाई यसलाई सच्याउन भनेको छ । चीनले घटनाका सम्बन्धमा विरोध जनाउँदै भारतलाई विस्तृत अनुसन्धान गर्न र यस्ता घटना दोहोरिन नदिन उत्तेजित बनाउने कार्य नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक