ट्रम्पद्वारा प्रहरीलाई शक्तिशाली बनाउने आदेशमा हस्ताक्षर



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीलाई शक्तिशाली बनाउने आदेशमा हस्ताक्षर गरेका छन् । केही साताअघि अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडलाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको विरोधमा देशव्यापी विरोध प्रदर्शन जारी रहेका बेला भीड नियन्त्रणका लागि आवश्यक बल प्रयोग गर्नसक्ने अधिकारसहितको आदेशमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका हुन् ।

उनले समय अनुसार पूराना नियमलाई परिमार्जन गरेर सेवालाई व्यवस्थित बनाउन नयाँ नियम ल्याइएको बताए । उनले देशव्यापी रुपमा भइरहेका सरकार विरोधी आन्दोलन रोक्न प्रहरीलाई थप सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् । उनले जर्ज हत्या प्रकरणपछि नेताहरुको माग अनुसार नै आफूले प्रहरीलाई बलियो बनाउने आधार खडा गरेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा थप ४१ हजारलाई कोरोना संक्रमण

भारतमा थप ४१ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले

बङ्गलादेशमा सङ्क्रमण दर बढेपछि लकडाउनमा थप कडाइ

बङ्गलादेशमा पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि

राष्ट्रसंघद्वारा अफगानिस्तानमा भएको हमलाको निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको हेरातमा भएको हमलाको निन्दा गरेका छन् ।

इराकमा आइएसद्वारा आठ मलामीको हत्या

इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका