उत्तर कोरियाद्वारा दक्षिणसँग मिलेर गेसङमा बनाइको संयुक्त सम्पर्क कार्यालय ध्वस्त



उत्तर कोरियाले दक्षिण कोरियासँग मिलेर सीमावर्ती सहर गेसङमा बनाइको एउटा संयुक्त सम्पर्क कार्यालय ध्वस्त बनाएको दुवै देशहरूले पुष्टि गरेका छन् । उत्तर कोरियाको सेनाले दुई देशलाई विभाजन गर्ने असैनिकीकृत क्षेत्र (डीएमजी) प्रवेश गर्न तयार भएको चेतावनी दिएको केही घण्टापछि उक्त घटना भएको हो । उत्तर कोरियाली भूमिमा रहेको उक्त कार्यालय दुई देशबीच संवादका लागि सन् २०१८ मा स्थापना गरिएको थियो ।

कोभिड १९ का कारण लगाइएका प्रतिबन्धका कारण उक्त कार्यालय जनवरी महिनादेखि बन्द थियो । यसअघि उत्तर कोरियाबाट भागेर दक्षिण कोरियामा आश्रय लिइरहेका मानिसहरूको समूहले उत्तरतर्फ सङ्गठित रूपमा प्रचारात्मक सामग्री पठाइएको प्रत्युत्तरस्वरूप प्योङ्याङले डीएमजीमा सैनिक पठाउने चेतावनी दिएको थियो ।

सप्ताहान्तमा उत्तर कोरियाली नेता किम जङ उनकी बहिनी किम यो जङले त्यस्तो कदमका लागि तयार रहन आदेश दिएको बताएकी थिइन् । यतिखेर सेनाले आफ्ना ‘अग्रमोर्चालाई किल्लाको रूपमा बदल्न र सैन्य निगरानीलाई बढाउन’ तयार रहेको बताएको छ । असैनिकीकृत क्षेत्र सन् १९५० को दशकमा भएको कोरियाली युद्धपछि कोरियाको सीमारेखा हो ।

केही समययता दुई देशबीच खासगरी बेलुनमार्फत् सीमापारि पठाइने पर्चाका कारण तनाव चुलिएको छ । त्यो गतिविधिबाट क्रुद्ध बनेको प्योङ्याङले गत साता दुई देशका नेताहरूबीच स्थापित हटलाइन सेवासहित दक्षिण कोरियासँगका सबै सम्पर्क सञ्जालहरू बन्द गरेको थियो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले मङ्गलवार विकसित पछिल्ला घटनाक्रमबारे प्रतिक्रिया व्यक्त गर्दै अमेरिकासँग मिलेर उत्तर कोरियाको सैन्य गतिविधि नियालिरहेको जनाएको छ । मङ्गलवार उत्तर कोरियाली सेनाले असैनिकीकृत क्षेत्रमा सेना पठाउने कार्ययोजनाको अध्ययन गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही