कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न बेइजिङका केही क्षेत्रमा लकडाउन विस्तार



चीनको राजधानी बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न केही क्षेत्रमा अझ लकडाउन विस्तार गरिएको छ । कोभिड १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा पनि बढाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बेइजिङमा सङ्क्रमणका एक सयभन्दा बढी घटना देखिएका छन् । पछिल्लो सात हप्तायता बेङजिङमा विदेशबाट आएका व्यक्तिहरूमा मात्रै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो ।

पछिल्लो प्रकोपलाई शहरको सबभन्दा ठूलो थोक बजारसँग जोडेर हेरिएको छ । केही दिनअघि सिनफडी मार्केटमा ५१७ जनाको परीक्षण गर्दा ४५ जना कोभिड १९ बाट सङ्क्रमित भएको फेला परेका थिए । उनीहरूमध्ये कसैमा पनि लक्षण देखिएको थिएन । त्यसपछि उक्त बजार र वरिपरिका २१ वटा क्षेत्रमा लकडाउन गरिएको छ र उक्त बजारमा काम गर्ने १० हजार कर्मचारीको परीक्षण गर्ने भनिएको छ ।

स्थानीय सञ्चारमाध्महरूका अनुसार भाइरस विदेशबाट आयात गरिएको साल्मन काट्न प्रयोग गरिएको चपिङ्ग बोर्डमा देखिएको पत्ता लागेको थियो । लगत्तै बेइजिङका सुपरमार्केटहरूले माछा बेच्न छाडे । अन्य केही अधिकारीसहित सिनफडी बजारका महाप्रबन्धकलाई पदबाट बर्खास्त गरिएको छ । उक्त बजार शनिवारदेखि बन्द गरिएको छ।

सोमवारसम्मा दुई सयवटा परीक्षणस्थल स्थापना गरिएको छ । उक्त बजार पुगेका करिब दुई लाख सर्वसाधारणलाई सम्पर्क गरिएको सरकारी समाचार संस्था सिन्हुआले जनाएको छ । खेल र मनोरञ्जनका लागि प्रयोग गरिने इन्डोर भेन्यू अर्थात् खुला नभएका स्थलहरूको सञ्चालनमा रोक लगाइएको छ । विद्यालयहरू पनि बन्द गरिएको छ।

राजधानी बेइजिङमा सङ्क्रमणको दोस्रो लहरको त्रास फैलिने ठानिएको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनमा ४,६३८ जना र संसारभरि गरी ४ लाख ६६ हजारभन्दा बढी मानिसले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिडविरुद्धको खोप अभियानमा अमेरिकाभन्दा यूरोप अगाडि

युरोपेली संघ (ईयू) को आधा जनसङ्ख्याले कोभिड–१९ विरूद्धको खोप लगाइसकेका छन् । एएफपीको

अफगानिस्तानमा सुरक्षा कारबाहीमा ४१ तालिबान लडाकूको मृत्यु

अफगानिस्तानको पश्चिमी भागमा रहेको हेरात शहरमा सुरक्षाबल र तालिबान लडाकूबीच भएको दोहोरो भीडन्तमा

२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा

भारतमा थप ३० हजारलाई कोरोना संक्रमण

भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना