बेलायतमा दुई मिटरको सामाजिक दूरी नियम समीक्षा गरिने



ब्रिटिश प्रधानमन्त्री बोरिश जोन्सनले २ मिटरको सामाजिक दूरी कायम गर्ने नियमलाई समीक्षा गर्न आदेश दिएका छन् । व्यवसायिक क्षेत्र र जोन्सनका केही सांसद्हरूले दुई मिटरकै दूरी कायम राखेर आतिथ्य क्षेत्रको ठूलो हिस्सा काम गर्न नसक्ने बताएका थिए । उक्त समीक्षा ४ जुलाईसम्म सम्पन्न गरिने अपेक्षा गरिएको छ । र सक्दो छिटो पब र रेष्टुराँहरू खोल्न सकिने ठानिएको छ ।

पूर्व कन्जर्भेटिभ नेता सर इयान डङ्कन स्मिथले त्यस्तो समीक्षाको औचित्यमाथि प्रश्न उठाउँदै त्यसको प्रमाण आफूहरुसँग भएको बताएका छन् । यतिखेर बेलायत सरकारले मानिसहरूलाई कोरोनाभाइरस फैलनबाट बच्न अन्य मानिसहरूभन्दा २ मिटर पर रहन सुझाएको छ । लण्डनको त्यस्तो सुझाव विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को भन्दा बढी हो ।

डब्ल्यूएचओले फ्रान्स र डेनमार्कलेझैँ कम्तीमा एक मिटर दूरी कायम राख्न सुझाएको छ । तर बेलायत सरकारका सल्लाहकार रहेका वैज्ञानिकहरूले दुई मिटरको तुलनामा एक मिटर मात्र दूरी कायम गर्दा जोखिम १० गुणा बढ्ता हुने बताएका थिए । यद्यपि भाइरस महामारीको मार खेपिरहेको यूकेको अर्थतन्त्रमा यस नियमको प्रभावबारे अहिले निकै चासो बढेको छ ।

केही बार तथा रेष्टुराँ एवम् पबहरूले दुई मिटरको दूरी कायम गरेमा आफ्ना व्यवसाय खुला गर्दा समेत कुनै मुनाफा कमाउन नसकिने बताए । त्यस्तो दूरी नघटाइए दशौँ हजारको रोजगारी गुम्ने पर्यटन व्यावसायीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्