एटलान्टाका प्रहरी प्रमुखले दिए राजीनामा



अमेरिकामा प्रहरी हिरासतमा अश्वेत नागरिक मारिएपछि एटलान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । मेयर कीशा ल्यान्स बटम्सले प्रहरी प्रमुख एरिका शील्ड्सले शनिवार राजीनामा दिएको जानकारी दिइन् । एटलान्टामा ब्रुक्सको निधन भएपछि कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो । शनिवार साँझ एटलान्टाको मुख्य राजमार्ग इन्टरस्टेट ७५ प्रदर्शनकारीहरूले बन्द गरिदिएका थिए । जोर्ज फ्लोइड प्रहरी हिरासतका क्रममा मारिएपछि गत तीन हप्तादेखि अमेरिका भर प्रदर्शनहरू हुँदै आएका छन् ।

एरिका शील्ड्स २०१६ को डिसेम्बरदेखि एटलान्टाको प्रहरी प्रमुख थिइन् र एटलान्टाको प्रहरी विभागमा २० वर्षदेखि कार्यरत थिइन् । उनी प्रहरी विभागको अन्य शाखामा कार्यरत रहने मेयर बटम्सले बताइन् । मेयर बटम्सले विज्ञप्तिमा भनेकी छन्, ‘देशभर प्रहरीमा अर्थपूर्ण सुधार कस्तो हुनुपर्छ भन्नेमा एटलान्टा नमुना बनोस् भन्ने एरिकाको चाहनाका कारण उनले प्रहरी प्रमुखबाट राजीनामा दिएकी हुन्।’

मेयर बटम्सले ब्रुक्सको मृत्युमा संलग्न प्रहरी अधिकारीलाई बर्खास्त गर्नुपर्ने बताएकी छन् । जोर्जिया ब्यूरो अफ इन्भेस्टिगेशन्स (जीबीआई)ले २७ वर्षीय ब्रुक्सको मृत्युबारे अनुसन्धान गरिरहेको छ र वेन्डीज रेस्टुरेन्टभित्र रहेको सुरक्षा क्यामेरामा रेकर्ड गरिएको भिडिओ हेरिरहेको छ । उसले प्रत्यक्षदर्शीले खिचेको भिडिओ पनि हेरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि

लिवियाली द्वन्द्वरत समूहबीच स्थायी युद्धविरामका लागि हस्ताक्षर

लिवियाका दुई प्रतिद्वन्द्वी समूहहरूले स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । संयुक्त राष्ट्रसंघको

जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता, करिब २० अर्ब डलर व्यापार वृद्धि हुने अपेक्षा

जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट

विश्वमा कोरोना संक्रमणबाट ११ लाख ४२ हजारबढीको मृत्यु,३ करोड ११ लाख संक्रमणमुक्त

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ११ लाखभन्दा बढी संक्रमणमुक्त