भारतीय कलाकार सुशान्तले गरे आत्महत्या



भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । राजपुतको आत्महत्याको खबर सार्वजनिक भए पनि उनले आत्महत्या गर्नुको कारणबारे भने कुनै खुलासा भएको छैन । मुम्बई प्रहरी अनुसन्धानको लागि उनको घरमा पुगेको बताइएको हो ।

सुशान्तका घरेलु कामदारले प्रहरीलाई उनको आत्महत्याबारे जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको भारतीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।

३४ वर्षीय सुशान्तको पछिल्लो सिनेमा सन् २०१९ मा छिचौरे प्रदर्शनमा आएको थियो । श्रद्धा कपुरसँग खेलिएको उक्त सिनेमा बक्स अफिसमा राम्रो चलेको मानिएको थियो ।

सुशान्तको रीया कपुरसँग प्रेम सम्बन्ध रहेको बताइएको थियो । केही पापराजीहरुले उनीहरु शहरमा घुम्दै गरेका बेला फोटो समेत लिएका थिए । टीभी शोबाट निकै चर्चामा आएका उनी सिनेमामा फड्किएका थिए ।

उनले डेब्यू गरेको सिनेमा कई पो चे थियो । उनको सबैभन्दा ठूलो अवसर ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ थियो । पीके, केदारनाथ, दि बेचरा पनि उनले महत्वपूर्ण भूमिका निभाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

भारतमा ६ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न