सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरसको खोप आउने



यूरोपले यस वर्ष अर्थात् सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरसको खोप जनताले प्रयोग गर्न पाउने घोषणा गरेको छ । यसका लागि गरिएको एक सम्झौतामा यूरोपका लागि मात्र ४० करोड डोज खोप बनाइने जनाइएको छ । कोरोना भाइरसको खोप बनाइरहेको कम्पनी अस्त्राजेनेकासँग उक्त खोप पाउनका लागि जर्मनी, फ्रान्स, इटाली र नेदरल्याण्ड्सको नेतृत्वमा रहेको यूरोपको इन्क्लूसिभ भ्याक्सिन एलायन्सले सम्झौता गरेको छ ।

यस सम्झौताबमोजिम कम्पनीले खोप बनेलगत्तै ४० करोड डोज यूरोपका लागि दिने शनिवार जर्मन सरकारले जनाएको हो । र यो खोप यूरोपेली संघका मुलुकलाई दिइने जनाइएको छ । औषधि निर्माता कम्पनीले उत्पादन बढाउने प्रयासमा लागिरहेको जनाउँदै यो खोप बिना मुनाफा आपूर्ति गरिने उल्लेख गरेको छ । यस वर्षको अन्तिमसम्ममा खोप उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी पास्कल सोरियोले यदि सबै कुरा ठीक रहेमा यूरोपका करोडौं नागरिकले खोप पाउन सक्ने सुनिश्चित भएको भन्दै गर्मी मौसम सकिने बेलासम्ममा यसबारेमा जानकारी हुने बताए । खोप बनाउनका लागि तयार पारिएका शुरुवाती तथ्यांकहरुका आधारमा खोप निर्माण परिणाममुखी हुने विश्वास आफूहरुलाई भएको पनि सोरियोले बताए ।

सबै देशसम्म खोप पुगोस् भन्नका लागि एलायन्सले यूरोपेली कमिशनका साथ काम गर्ने उनले बताए । यूरोपीय भ्याक्सिन एलायन्सभन्दा पहिले अमेरिकाले पनि अस्त्राजेनेका साथ सम्झौता गरेको थियो । कम्पनीमा १.२ अर्ब डलर लगानी गर्ने जनाउँदै अमेरिकालाई खोप बनेपछि ३० करोड डोज उपलब्ध गराउने सम्झौता भएको थियो ।

ब्रिटेनको अक्सफोर्ड यूनिभर्सिटी कोरोना भाइरसको खोप बनाउन काम गरिरहेको छ भने त्यसको लाइसेन्स ब्रिटिश कम्पनी अस्त्राजेनेसँग रहेको छ । यसै वर्षको अप्रिलमा सयौं मानिसमा यस खोपको परीक्षण गरिएको थियो । समाचार संस्था रोयटर्सले औषधि निर्माता कम्पनीलाई खोपको तेस्रो चरणको परीक्षणका लागि अनुमति दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक