अमेरिकी वायु सेना प्रमुखमा पहिलो पटक अश्वेत नागरिक



अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चाल्र्स ब्राउन जुनियरको नाम अनुमोदन गरेको छ । अमेरिकी वायु सेनामा नेतृत्व गर्न पाउने उनी पहिलो अश्वेत नागरिक हुन् ।

सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा मत परेन । सिनेट बैठकको अध्यक्षता गरेका उपराष्ट्रपति माइक पेन्सले ब्राउनको मनोनयन ऐतिहासिक रहेको बताए । प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि अमेरिकी समाज र राजनीतिक क्षेत्र तनावमा छ । यहीबीच भएको सिनेट सुनुवाईमा ब्राउनको पक्षमा सर्वसम्मत भएको थियो ।

ब्राउनले हालैका दिनहरुमा अमेरिकी प्रशान्त वायु सेनाको कमान्डरका रुपमा सेवा गरेका थिए । उनी स्वयं लडाकू बिमानका पाइलट रहनुका साथै दुई हजार ९०० घण्टा सैनिक बिमान उडाएका छन् । ब्राउन सन् १९८४ मा अमेरिकी वायु सेनामा अधिकृतमा भर्ना भएका थिए । उनले वायु सेनाभित्र विभिन्न पदमा रहेर सेवा गरेका छन् । अमेरिकामा सेनातर्फ १७ प्रतिशत अफ्रिकी–अमेरिकी मूलका नागरिक रहेका बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भियतनाममा बाढीमा परी कम्तिमा ९० जनाको मृत्यु

गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा

जापान र भियतनामबीच प्रतिरक्षा सहयोग आदानप्रदान गर्ने सहमति

जापान र भियतनामबीच रक्षा र सुरक्षा सहयोग बढाउन तथा दुई देशबीच प्रत्यक्ष हवाई

शिरछेदन गरी हत्या गरिएका शिक्षकको समर्थनमा पेरिसमा प्रदर्शन

एकजना इस्लामिक अतिवादीबाट मारिएका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्सभरि हजारौँ मानिसहरू जुलुसहरूमा सहभागी

विश्वका चार करोड संक्रमितमध्ये ३ करोड १ लाख निको भई डिस्चार्ज

गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना भाइरसबाट हाल विश्वका ४ करोड