कोरोना संक्रमणबाट अमेरिकामा १ लाख १३ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ । संक्रमितको संख्या ७१ लाख पुगेको छ । त्यसमध्ये ३५ लाख ३० हजार भन्दा बढी उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १३ हजार नाघेको छ । संक्रमितको संख्या २० लाख २६ हजार भन्दा बढी छ । बेलायतमा २ लाख ८७ हजार संक्रमित मध्ये ४० हजार ५ सय बढीको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३५ हजार संक्रमित र ३३ हजार ९ बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५४ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २९ हजार नाघेको छ । रसियामा मृत्यु हुनेको संख्या ५ हजार ९ सय नाघेको छ भने ४ लाख ७६ हजार भन्दा बढीमा संक्रमण छ । यसैगरी भारतमा कोरोना संक्रमणबाट ७ हजार ४ सय ७३ जनाको मृत्य भएको छ भने संक्रमितको  संख्या २ लाख ६५ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही