इन्डोनेशियाको एक इनारमा खसेका ब्रिटिश नागरिकको ६ दिनपछि सकुशल उद्धार



इन्डोनेशियाको बालीमा एउटा इनारमा खसेका एक ब्रिटिश नागरिकको छ दिनपछि सकुशल उद्धार गरिएको छ । कुकुरले लखेट्दा २९ वर्षीय ज्याकोब रोबर्ट्स पेकाटु गाउँमा रहेको चार मिटर गहिरो इनारमा खसेका थिए र उनको खुट्टा भाँच्चियो ।

इनारमा धेरै पानी नभएको र त्यो सुक्न लागेको भएपनि खुट्टा भाँच्चिएका कारण उनी उक्लेर बाहिर निस्कन नसकेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले लेखेको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार इनारमा अलिकति पानी भएका कारण रोबर्ट्स जीवितै रहन सके । सुनसान क्षेत्रमा आफ्नो गाईवस्तुलाई घाँस खोजिरहेका एक स्थानीय बासिन्दाले रोबर्ट्सले चिच्याएर सहयोग मागेको सुने र स्थानीय निकायलाई जानकारी गराएको बाली सन पत्रिकाले लेखेको छ ।

स्थानीय उद्धार अधिकारी गेडे डारमडाका अनुसार तीन जना उद्धारकर्ताले एउटा स्ट्रेचरको सहायताले रोबर्ट्सलाई बाहिर निकालेका थिए । रोबर्ट्सलाई स्थानीय अस्पतालमा लगिएको छ ।

बालीको चर्चित पर्यटकीय क्षेत्र नुसा डुआको नजिकै पेकाटु गाउँ रहेको छ । रोबर्ट्स किन सो गाउँमा पुगे भन्ने स्पष्ट छैन । बाली कोरोनाभाइरसका कारण महिनौँदेखि लकडाउनमा छ र केही पर्यटकीय स्थानहरू बल्ल बिस्तारै खुल्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक