पछिल्लो २४ घण्टामा विश्वमा १ लाख १२ हजार कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा विश्वमा १ लाख १२ हजार ४७२ जना कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण १ लाख १० हजार भन्दा धेरैको ज्यान गएको छ । त्यसैगरी कोरोना संक्रमितको संख्या २० लाख पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विश्वमै सबैभन्दा धेरै चिलीमा ६४९ जनाको मृत्यु भएको छ ।

यो सँगै चिलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार १९० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा १० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको छ । भारतमा कोरोनाका कारण हालसम्म ७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यता इटलीमा भने कोरोना संक्रमण केही समय यता कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा इटलीमा ५३ जनाको मृत्यु भएको छ । इटलीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ हजार पुगेको छ । रुसमा भने संक्रमण तिव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा रुसमा ९ हजार नयाँ संक्रमित थपिएका छन् भने १३४ जनाको मृत्यु भएको छ । रुसमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ८५९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही