चीनद्वारा कोरोनाविरुद्धको लडाइँबारे स्वेतपत्र जारी



बेइजिङ । चीनले कोरोनाविरुद्धको लडाइँबारे स्वेतपत्र जारी गरेको छ । चीनको राज्य परिषद सूचना कार्यालयद्वारा ‘फाइटिङ कोभिड–१९ चाइना इन एक्सन’ शीर्षकको स्वेतपत्र जारी भएको हो ।

स्वेतपत्रमा भाइरसविरुद्धको लडाइँमा चीनको प्रयासलाई सुरक्षित गर्दै बाँकी विश्वमा आफ्नो अनुभव साट्ने उद्देश्यले स्वेतपत्र जारी भएको चीनले बताएको छ । कोरोनाविरुद्धको वैश्विक लडाइँमा आफ्नो विचार स्पष्ट गर्न श्वेतपत्र जारी गरिएको जनाउँदै कोभिड–१९ को महामारीलाई मानवताका लागि शताब्दीकै सबैभन्दा भयानक परिवेशका रूपमा विश्लेषण गरिएको छ ।

एउटा अज्ञात, अप्रत्याशित, र विनाशकारी रोगको सामाना गर्दै चीनले रोगलाई फैलिन नदिन नियन्त्रणका लागि दृढ लडाइँ लडेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।

महामारी विरुद्धको चिनियाँ लडाइँ, आगोको परीक्षा, समन्वयकारी ढङ्गले रोकथाम, नियन्त्रण र उपचारमा सक्षम, भाइरसविरुद्ध शक्तिशाली सेनाको निर्माण र स्वास्थ्यका लागि विश्व समुदायसँग हातमालो गरी श्वेतपत्रमा चार भाग प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्वाध सहायता अनुमति दिन आदेश

नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय

ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो