चीनसँगको सीमा वार्ता सकारात्मकः भारत



भारत र चीनबीच पूर्वी लद्दाखस्थित सीमा नियन्त्रण रेखा क्षेत्रमा जारी विवाद समाधान गर्न शनिवार दुवै देशका उच्चस्तरका सैन्य अधिकारीबीच वार्ता भएको छ । उक्त वार्ता लद्दाखको सीमाक्षेत्र नजिकै भएको थियो । वार्ताको नतिजाबारे भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत आइतवार जानकारी दिएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार दुवै पक्षबीच वार्ता निकै सकारात्मक रह्यो । भारत तथा चीन दुवै देशका अधिकारीहरू विवादित सीमा क्षेत्रमा उत्पन्न सैन्य गतिरोध समाधान गर्न प्रतिबद्ध रहेको उसले उल्लेख गरेको छ । विवाद समाधान गर्न हालैका साताहरूमा चीन र भारतले स्थापित कूटनीतिक तथा सैन्य माध्यमहरूबाट सञ्चार सम्पर्क बनाइराखेको मन्त्रालयले बताएको छ ।

वार्ता सौहार्दपूर्ण एवं सकारात्मक वातावरणमा भएको अनि दुवै पक्ष सीमामा कायम अवस्थाको शान्तिपूर्ण तरिकाबाट समाधान गर्न सहमत भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । गत महिना उक्त क्षेत्रमा दुवै पक्षको सैनिक गतिविधिका माझ झगडा भएको थियो । एसियाका यी दुई विशाल देशबीच लामो समयदेखि सीमा विवाद जारी छ । सन् १९६२ मा दुईबीच लडाइँ पनि भएको थियो ।

हालैका वर्षहरूमा पनि दुईबीच कैयन् गतिरोध तथा झडप भएका छन् । तीन वर्षअघि दोक्लाम क्षेत्रमा पनि दुई देशका सेनाबीच तनाव उत्पन्न भएको थियो । त्यसयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा चिनियाँ राष्ट्रपति सी जिनपिङ्बीच चीनको वुहान अनि भारतको चेन्नइमा रणनीतिक वार्ताहरू भएका छन् । दुवै देश विश्वको सबभन्दा धेरै जनसङ्ख्या भएका देश हुन्।

दुई देशबीच आपसी आर्थिक र व्यापारिक सम्बन्ध पनि प्रगाढ छ । साथसाथै, दुईबीच सामरिक द्वन्द्व पनि विद्यमान रहेको बताइन्छ । केही सातायता दुई छिमेकी देशबीच लद्दाख देखा परेको सीमा विवादका कारण दक्षिण एसिया तथा विश्वभरिनै चिन्ता बढिरहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’