जातीय विभेदविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियामा प्रदर्शन



अमेरिकाभरि जातीय विभेद र प्रहरी क्रुरताविरुद्धको प्रदर्शन जारी रहेको छ । प्रहरी नियन्त्रणमा रहेका अश्वेत पुरुष जोर्ज फ्लोइडको मृत्युपछि सुरु भएको प्रदर्शनको शनिवार १२ औं दिन हो । जातीय विभेदविरुद्धको प्रदर्शन विश्वका अन्य भागमा पनि फैलिएको छ ।

बेलायत र अस्ट्रेलियामा कोरोनाभाइरसका जोखिम रहँदा रहँदै पनि ठूलो सङ्ख्यामा मानिसहरू प्रदर्शनमा सहभागी भएका छन् । अमेरिकाको राजधानी वाशिङ्टनमा अहिलेसम्मकै ठूलो प्रदर्शनमा दशौँ हजार मानिसहरू सहभागी भएका छन् । प्रहरीले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस पुग्ने सबै बाटोहरू बन्द गरेको छ । वाशिङ्टनमा शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई मेयर मुरिअल बाउसरले स्वागत गर्दै प्रदर्शनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा सन्देश दिएको बताएका छन् ।

बाउसरले सङ्घीय सुरक्षा बलमा जवानहरू र न्याश्नल गार्ड सैनिकहरूलाई वाशिङ्टन सहरबाट हटाउन माग गरिन् । गएको सोमवार राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउस नजिकैको चर्चसम्म जान बाटो खोल्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो। ट्रम्पले वाशिङ्टनमा सैनिक परिचालन गरेका छन् । न्यूयोर्क, शिकागो र सान फान्सिस्कोमा पनि ठूला प्रदर्शनहरू भएका छन् ।

फ्लोइडको जन्मस्थल नर्थ क्यारोलिनामा भने मानिसहरूले उनलाई श्रद्धान्जली प्रकट गरेका छन् । न्यूयोर्कमा प्रदर्शनकारीहरूले ब्रुकलिन ब्रिज पार गरे भने शिकागोमा गोल्डन गेट ब्रिज केही समयका लागि बन्द गरे । निहत्था फ्लोइडको मे २५ मा मिनियापलिसमा प्रहरी नियन्त्रणमा मृत्यु भएको थियो।

भिडिओहरूमा एक श्वेत प्रहरी अधिकृतले झन्डै नौ मिनेट घुँडाले भुइँमा लडाइएका फ्लोइडको घाँटी थिचेको देखिन्छ । बेलायतभरि हजारौँ मानिसहरूले जातीय विभेदविरुद्धको प्रदर्शनमा सहभागिता जनाएका छन् । लन्डन, म्यानचेस्टर, कार्डिफ र शेफिल्ड लगायतका सहरहरूमा प्रदर्शन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम