कोरोना संक्रमणबाट विश्वमा  ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु



कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ३ लाख ८८ हजार ७ सय नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या ६५ लाख ९५ हजार भन्दा बढी छ । कोरोनाभाइरसको संक्रमण भएकामध्ये ३२ लाख ३० हजार बढी भने निको भएका छन् ।

हाल विश्वमा कोरोना भाइरस संक्रमित ३० लाख ६९ हजार व्यक्ति उपचाररत् रहेका छन् । उनीहरु मध्ये ३ लाख ९४ हजार जनाको स्वास्थ्य अवस्था सामान्य छ भने ५५ हजार जनाको अवस्था भने केही गम्भीर रहेको जनाइएको छ ।

अमेरिकामा मात्रै १ लाख ८ हजार भन्दा बढीको मृत्यु भएको छ भने १८ लाख ७२ हजार जनामा संक्रमण रहेको छ । युरोपमा २० लाख भन्दा बढी संक्रमित रहेका छन् भने, १ लाख ७६ हजार ४४६ को मृत्यु भएको छ । एशियामा १२ लाख भन्दा बढी संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट भारतमा थप ५५५ जनाको मृत्यु

भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले

रुसी मोड्यूलको इन्जिन अचानक चालु हुँदा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा असन्तुलन

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सँग जोडिन भर्खरै पुगेको नयाँ रुसी खण्ड अर्थात् मोड्यूलको

अस्ट्रेलियाको सिड्नीमा लकडाउन कार्यान्वयन गर्न सेना परिचालन

अस्ट्रेलिया सरकारले सिड्नीमा थप गरिएको लकडाउन कार्यान्वयनका लागि सयौँको सङ्ख्यामा सेना परिचालन गरेको

बाढी पहिरोका कारण अफगानिस्तानमा ६० जनाको मृत्यु

अफगानिस्तानमा आएको बाढी पहिरोमा परेर कम्तिमा ६० जनाको मृत्यु भएको छ । वर्षासँगै