कोरोनाको असरः चीनका ४० प्रतिशतभन्दा बढी सिनेमाघर बन्द हुन सक्ने



चीनका ४० प्रतिशतभन्दा बढी सिनेमाघरहरू आर्थिक कारणले बन्द हुन सक्ने चिनियाँ चलचित्र सङ्घले सार्वजनिक गरेको एउटा प्रतिवेदनले औँल्याएको छ । कोरोनाभाइरस महामारीका कारण हाल अस्थायी रूपमा बन्द रहे पनि दर्शकहरूलाई सिनेमाघरसम्म जान प्रेरित गर्न सङ्घर्ष गर्नुपर्ने सङ्घको आँकलन छ।

इन्टरनेटमार्फत ग्राहकको विद्युतीय उपकरणमा सहजै स्ट्रीमिङ सेवा उपलब्ध भएपछि लाखौँ चिनियाँ नागरिकले अनलाइनमार्फत् चलचित्र हेरेर मनोरञ्जन लिएका छन् । फलस्वरूप धेरै सिनेमाघरहरू स्थायी रूपमा बन्द हुन सक्ने एक चिनियाँ व्यापारविज्ञको ठम्याइ छ । एउटा अनुसन्धान संस्था आइबीआइएस वल्र्डका अनुसार चीनमा हाल १२,००० वटा भन्दा बढी सिनेमाघर छन् । चलचित्र हेर्ने प्रवृत्ति बढेसँगै पछिल्लो दशकमा दुई गुणाले सिनेमाघरको सङ्ख्यामा वृद्धि भएको अनुमान छ ।

तर चिनियाँ चलचित्र सङ्घले गरेको सर्वेक्षण अनुसार प्रत्येक १० वटामध्ये चारवटा सिनेमाघर निकट भविष्यमा बन्द हुन सक्छन् । यसको अर्थ हो कोरोनाभाइरस महामारीको असरबीच आर्थिक कारणले करिब पाँच हजार सिनेमाघर बन्द हुन सक्छन् । चीनमा क्रमिक रूपमा लकडाउन हटाउँदै लग्ने क्रममा सबैभन्दा अन्त्यतिर खुल्नेमा सिनेमाघरहरू पनि छन् । चिनियाँ सरकारका अनुसार निश्चित बुकिङ गर्न दिएर सिनेमाघरसहित अन्य मनोरञ्जनस्थल पुनः खोल्न पाइन्छ ।

चिनियाँ चलचित्र सङ्घका अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा सिनेमाघरहरूको आम्दानीमा ठूलो गिरावट देखिएको छ । पाँच सयभन्दा कम सीट क्षमताका साना सिनेमाघरहरू बढी प्रभावित भएका छन् । गत वर्ष सोही अवधिमा उनीहरूले गरेको आम्दानीको १० प्रतिशत मात्रै अहिले कमाउन सकेका छन् ।

गत वर्ष चिनियाँ सिनेमाघरहरूले टिकट विक्रीबाट ६४.२ अर्ब युआन कमाएका थिए । चाइना मार्केट रिसर्च ग्रुप नामक संस्थाका संस्थापक शन रेइनका अनुसार सिनेमाघरहरूका लागि सबैभन्दा ठूलो चुनौती भनेको अनलाइन चलचित्र व्यापारमा वृद्धि हुनु हो । अर्को चुनौती निर्माणमा कमी आउँदा नयाँ चलचित्र प्रदर्शन कम हुनु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि

लिवियाली द्वन्द्वरत समूहबीच स्थायी युद्धविरामका लागि हस्ताक्षर

लिवियाका दुई प्रतिद्वन्द्वी समूहहरूले स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । संयुक्त राष्ट्रसंघको

जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता, करिब २० अर्ब डलर व्यापार वृद्धि हुने अपेक्षा

जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट

विश्वमा कोरोना संक्रमणबाट ११ लाख ४२ हजारबढीको मृत्यु,३ करोड ११ लाख संक्रमणमुक्त

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ११ लाखभन्दा बढी संक्रमणमुक्त