हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञा जारी



जोर्ज फ्लोइड मृत्यु प्रकरणको विरोधमा आयोजित प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञा जारी गरिएको छ । देशभरि आयोजित विरोध प्रदर्शन नियन्त्रण गर्न दङ्गा प्रहरीलाई खटाइएको छ । प्रहरीको सवारीसाधनमा आगो लगाइएपछि उनीहरूले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले लुटेरा र अराजकहरू ले हिंसा फैलाएको आरोप लगाएका छन् ।

गत सोमबार मिनीयापलिसमा अफ्रिकी अमेरिकी समुदायका ४६ वर्षीय फ्लोइडलाई प्रहरीले समातेपछि उनले ज्यान गुमाएका थिए । डेरेक शौभिन नामक ४४ वर्षीय पूर्वप्रहरीलाई हत्याको आरोपमा पक्राउ गरिएको छ । उनी घटनापछि पदमुक्त भएका थिए । उनलाई सोमवार अदालतमा पेस गरिनेछ । इन्टरनेटमा भाइरल बनेको एउटा भिडियोमा शौभिनले फ्लोइडको घाँटीमा धेरै मिनेट घुँडाले टेकेर थिचेको देखिन्छ । फ्लोइडले बारम्बार आफूलाई सास फेर्न गाह्रो भएको बताएको पनि सुनिन्छ ।

घटनास्थलमा उपस्थित अन्य तीन प्रहरी पनि पदमुक्त भएका छन् । अमेरिकाका कम्तीमा ३० वटा सहरमा ठूला प्रदर्शनहरू भएका छन् । शिकागोमा प्रदर्शनकारीहरूले दङ्गा प्रहरीलाई ढुङ्गा हाने। प्रत्युत्तरमा प्रहरीले अश्रुग्यास प्रहार गर्यो । त्यहाँ शनिवार केही मानिसहरूलाई पक्राउ गरिएको छ । लस एन्जलीसमा प्रहरीले भिड तितरबितर पार्न रबरको गोली प्रहार गर्यो ।

प्रदर्शनकारीहरूले बोतल प्रहार गरे तथा प्रहरीका गाडीमा आगो लगाइदिएका छन् । प्रहरीका क्षतिग्रस्त सवारीसाधनमाथि मानिसहरू उभिएका तस्बिरहरू सार्वजनिक भएका छन् । वाशिङ्टन डीसीमा दोस्रो दिन पनि ठूलो भिड राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाहिर भेला भएको छ । एट्लान्टामा शुक्रवार भवनहरूमा तोडफोड भएपछि केही क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ ।

मिनीयापलिस, एट्लान्टा र फिलडेल्फीया, लस एन्जलीस, पोर्टल्यान्ड, लूईभिल तथा अन्य सहरमा रातभरि लागु हुनेगरी कर्फ्यू घोषणा गरिएको छ । तर केही सहरमा प्रदर्शनकारीले निषेधाज्ञा उल्लङ्घन गरेका छन्। धेरै ठाउँमा लुटपाट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल

बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च

गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु

इस्तानबुलका मेयरको गिरफ्तारीपछि टर्कीमा सरकारको विरोधमा हजारौँ प्रदर्शनकारी सडकमा

टर्की । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको

नाइजेरियामा मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु

नाइजरिया । नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणबाट