हत्याको विरोधमा अमेरिकाभर विरोध प्रदर्शन



सुरक्षाकर्मीको नियन्त्रणमा रहेका एकजना अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युलाई लिएर अमेरिकाभर विरोध प्रदर्शन भएको छ । अमेरिकाको मिनेसोटा, न्युर्योक र क्यालिफोर्नियामा विरोध प्रदर्शन भएको हो । ह्वाइट हाउस अगाडि सयौँको सङ्ख्यामा सर्वसाधारण जम्मा भएर घटनाको अनुसन्धान गरी जर्ज फ्लोयडलाई न्याय दिन माग गरेका छन् ।

घटनामा संलग्न मिनियापोलिस प्रहरीका एकजना अधिकारी डेरेक चौभिनलाई नियन्त्रणमा लिएर हत्याको मुद्दा चलाइएको छ । मिनियापोलिस र सैन्टपौलमा विरोध उग्र भएपछि राति आठ बजेदेखि बिहान छ बजेसम्म कर्फ्यु लगाइएको छ । यसअघि सन् २०१४ मा न्युर्योकमा प्रहरी नियन्त्रणमा रहेका अफ्रिकी मूलका अमेरिकी नागरिक एरिक गार्नरको मृत्युपछि पनि व्यापक विरोध भएको थियो ।

गोरा समुदायको डेरेक चौभिनले हत्कडी लगाएर नियन्त्रणमा लिएका फ्लोयडलाई भुइँमा खसाल्दै घाँटीमा घुँडाले च्यापिरहँदा मृत्यु भएको थियो । अफ्रिकी मूलका ४५ वर्षीय फ्लोयडले आफूलाई श्वास लिन असहज भएको भन्दै पटक पटक प्रहरी अधिकारी चौभिनलाई मुक्त गर्न आग्रह गरेका थिए । तर बेहोस भएका उनलाई अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको थियो ।

सोमबार भएको उक्त घटनाको भिडियो तात्कालै सार्वजनिक भएपछि अमेरिकामा देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो । घटनाका आरोपित चौभिनलाई सोमबार मिनियापोलिस अदालतमा उपस्थित गराइनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको निन्दा गर्दै भयावह भएको टिप्पणी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफ्ना नागरिकको हत्या छानविनका लागि संयुक्त टोली गठन गर्न दक्षिण कोरियाको आग्रह

दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालय, ब्लू हाउसले आइतबार उत्तर कोरियालाई अन्तर कोरियाली समुद्री सिमाना

यमनी सरकार र हुथी विद्रोहीबीच बन्दी आदान प्रदानको सहमति

यमनी सरकार र हुथी विद्रोहीबीच आइतबार स्विट्जरल्याण्डमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको वार्ताबाट एक

एमी कोने ब्यारेट अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरुको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको

चीनमा कोइला खानीमा च्यापिएर १६ मुजदुरको मृत्यु

चीनको एउटा कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा १६ जना मजदुरको ज्यान