कोरोना संक्रमणबाट चीनमा भन्दा भारतमा धेरैको मृत्यु



कोभिड १९ का कारण मृत्यु हुनेको सङ्ख्यामा भारतले चीनलाई उछिनेको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४,७०६ पुगेको छ । कोरोनाभाइरस सङ्क्रमण सुरु भएको चीनमा अहिलेसम्म ४ हजार ६ सय ३८ को मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ ।

एक लाख ६० हजारभन्दा बढी सङ्क्रमण भएको भारतले कुल सङ्क्रमितको सङ्ख्यामा चीनलाई केही साता अगाडि नै उछिनेको हो । भारतमा चौथो पटकको लकडाउन जारी रहेको छ र अब के हुन्छ भन्ने कुरा स्पष्ट छैन । केही विज्ञहरूले त्यहाँ सङ्क्रमण अझै उच्च बिन्दूमा नपुगेको बताउँदै जुन वा जुलाई महिनामा यसको उच्च दर देखिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसले नेपाललाई कोभिडविरुद्धको दुई करोड ५० लाख डोज भ्याक्सिन उपलव्ध गराउने

रुसले नेपाललाई कोभिडविरुद्धको २५ मिलियन(दुई करोड ५० लाख) डोज खोप उपलव्ध गराउने भएको

चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले गरेको छ

कोरोनाको रिपोर्ट १५ देखि ३० मिनेटमा दिने प्रविधि १३३ देशमा पुर्याइने

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले केही मिनेटभित्रै कोभिड १९ पत्ता लगाउने एउटा परीक्षणले

शिशुकक्षाका विद्यार्थीलाई विष दिने चिनियाँ शिक्षिकालाई मृत्युदण्डको सजाय

चीनमा एउटा शिशुकक्षाका २५ विद्यार्थीलाई विष दिएको र एक जनाको ज्यान लिएको अभियोग