चीनको संसद्ले हङ्कङका लागि प्रस्तावित नयाँ सुरक्षा कानुनलाई समर्थन प्रदान गरेको छ। प्रस्तावित कानुनमा हङ्कङमाथि चीनको अधिकारलाई अस्वीकार गरे अपराध ठहर हुने प्रावधान छ । अब उक्त प्रस्तावित कानुनबारे चीनको उच्च नेतृत्वले निर्णय गर्नेछ । उक्त कानुनले हङ्कङको विद्यमान राजनीतिक हैसियत समाप्त हुने चिन्ता धेरैले व्यक्त गरेका छन् ।
त्यसले चीनले आफ्नै सुरक्षा निकाय स्थापना गर्ने सक्नेछ। चीनविरोधी प्रदर्शन सुरु भइरसकेको छ । हङ्कङको संसद्मा चिनियाँ राष्ट्रगातबारे प्रस्तावित कानुनबारे छलफल हुँदा बुधवार हङ्कङमा भिडन्त भएको थियो। सयौँ मानिसहरू पक्राउ परेका थिए । बिहीवार पनि संसद्मा छलफल चल्दा तनावपूर्ण स्थिति छ । संसद्बाट कम्तीमा दुईजना प्रजातन्त्रवादी सांसदहरूलाई बाहिर निकालिएको थियो ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकी संसद्मा एउटा जानकारी दिँदै हङ्कङ अब अमेरिकी कानुनबमोजिम विशेष व्यवहारका लागि योग्य नहुने बताएका छन् । संसद्मा पोम्पेओको त्यस्तो भनाइको प्रभाव अमेरिका हङ्कङ व्यवहारमा निकै धेरै पर्न सक्छ । बेइजिङले हङ्कङमा उक्त विवादास्पद कानुन लागु गर्ने अपेक्षा गरिएको केही घण्टाअघि पोम्पेओले त्यसो भनेका हुन्।
अहिलेसम्म अमेरिकाले हङ्कङलाई अमेरिकी कानुनका आधारमा एउटा विश्वव्यापी आर्थिक र व्यापारिक केन्द्रको विशेष हैसियत दिनुका साथै उसलाई लाभदायक व्यापारिक सुविधाहरू दिँदै आएको थियो ।
ब्रिटिश उपनिवेश छँदादेखि नै अमेरिकाले हङ्कङलाई त्यस्तो सुविधा दिँदै आएको थियो । तर गत वर्षयता त्यस्तो हैसियतलाई सर्तहरूले बाँधेर अमेरिकी विदेश मन्त्रालयले हङ्कङले मुख्यभूमि चीनबाट पर्याप्त स्वायत्तता कायम गर्ने विषयमा निरन्तर प्रमाणीकरण गर्दै आएको थियो।

प्रतिक्रिया