अन्तिम समयमा रोकियो नासा स्पेस एक्स प्रक्षेपण



निजी क्षेत्रले पहिलोपटक प्रक्षेपण गर्न लागेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फको मानवसहितको अन्तरिक्ष यात्रा अन्तिम समयमा खराब मौसमका कारण पर सारिएको छ ।

प्रक्षेपणको १६ मिनेट अघि चट्याङहरू परिरहेको मौसमी कारण देखाउँदै द स्पेश एक्स फाल्कोन नाइन रकेटको यात्रा रोकिएको थियो । शनिवार पुनः फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाटै प्रक्षेपणको अर्को प्रयास हुँदैछ। त्यसबेला पनि अनुकुल मौसम नपाइए आइतवार तेस्रो प्रयास गरिने जनाइएको छ ।

यो मिसन ९ वर्षपछि अमेरिकी भूमिबाट हुने पहिलो मानवसहितको अन्तरिक्ष यात्रा समेत हुँदैथियो । तर गतवर्ष नै स्पेस एक्स कम्पनीले स्वचालित प्रक्रियाका भरमा मानव रहित एउटा क्रु ड्रयागनको प्रक्षेपण गरेर त्यसलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रसँग जोड्न सफल भएको थियो । बुधवार प्रक्षेपण हेर्नका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प समेत फ्लोरिडा पुगेका थिए ।

अन्तरिक्ष केन्द्र जान लागेका दुई अमेरिकी अन्तरिक्षयात्री बब बेन्कन र डग हर्लीले कोरोनाभाइरसको कुनै सङ्क्रमण नहोस् भनेर यसअघिको पन्ध्र दिन एकान्तवास गरेका थिए । प्रक्षेपणको समय बुधवार स्थानीय समय अनुसार अपरान्ह ४ बजेर ३३ मिनेटका लागि तय गरिएको थियो । तोकिएको समयमै ड्र्यागन क्रु क्याप्सुल बोकेको स्पेश एक्स फाल्कोन नाइन रकेट प्रक्षेपण नभए त्यसले अन्तरिक्ष कक्षमा घुमिरहने अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रलाई भेट्टाउन सक्दैनथ्यो ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र प्रतिघण्टा २७ हजार किलोमिटरको गतिमा पृथ्वीको परिक्रमा गरिरहेको हुन्छ । यस मिशनमा धेरैको ध्यान खिचिएको थियो । त्यसको कारण सन् २०११ मा द स्पेस शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिकाले आफैँले अन्तरिक्षयात्री नपठाउनु रहेको थियो । त्यसयता अमेरिका अन्तरिक्ष केन्द्रमा आफ्ना अन्तरिक्ष यात्री पठाउने रुसको ’सोयुज रकेट एन्ड क्याप्स्यूल’ प्रणालीमा निर्भर रहँदै आएको थियो ।

यस पटकको भिन्नता भनेकै नासाले आफ्नो अन्तरिक्षयान नभइ अरूको भाडामा लिएर उड्न लागेको हो। यो टिकट किनेर यात्रा गरे जस्तै हो । अन्तरिक्ष यात्री लैजान लागेको स्पेश एक्स कम्पनीले आफ्ना सेवाहरू अन्य अन्तरिक्ष निकाय, कम्पनी र व्यक्तिहरूलाई समेत विक्री गर्न पाउनेछ । अमेरिकी अन्तरिक्ष संस्था नासाका प्रशासक जीम ब्रिडेन्स्टाइनले आफैँ प्रक्षेपण प्रणालीको निर्माण र व्यवस्थापन नगर्ने कामले चन्द्रमा र मङ्गल ग्रह जाने मिसनका लागि पैसा वचत गर्ने आफूहरूले सोचेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन

इरान र अमेरिकाबीच नयाँ चरणको आणविक वार्ता सुरु

ओमान । संयुक्त राज्य अमेरिका र इरानबीच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता

अमेरिकामा दादुराका ८०० भन्दा बढी बिरामी भेटिएको पुष्टि

लस एन्जलस । अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको