ट्रम्पको ट्वीटबारे तथ्यजाँच गर्न ट्विटरको आग्रह



ट्विटरले पहिलोपटक आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराउँदै राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा ट्वीटबारे तथ्यजाँच गर्न भनेको छ । ट्रम्पले नोभेम्बर महिनामा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा हुलाकबाट भोट हाल्ने योजनाको आलोचना गर्दै ट्वीटहरू गरेका थिए । त्यसरी मतदान हुँदा त्यसको दुरूपयोग हुनसक्ने भन्ने उनका ट्वीटको तलपट्टि ट्विटरले प्रयोगकर्ताहरूलाई सचेत गराएको हो ।

विस्मयाबोधक चिन्हकासाथ ती ट्वीट मुनि ’हुलाकबाट हुने मतदानबारे तथ्यहरू जान्नुहोस्’ भन्दै निलो रङ्गमा लेखिएको छ । त्यहाँ क्लिक गर्दा ट्विटर प्रयोगकर्ताहरू उक्त दाबीको खण्डन गर्दै लेखिएका समाचारहरूसम्म पुग्छन् । ट्विटरले मानिसहरूलाई झुक्याउने सूचनाका विषयमा नयाँ नीति लिने यसै महिनाको सुरुमा बताएको थियो ।

उसले त्यसबेला आफ्ना केही नीतिहरू अद्यावधिक समेत गरेको थियो जसमा गलत र झुक्याउने जानकारी दिने ट्वीटमा प्रयोगकर्तालाई सचेत गराउने लेबल थप्ने कुरा गरिएको थियो । राष्ट्रपतिको पछिल्ला त्यस्ता ट्वीटलाई ’मतदान प्रक्रियाहरूबारे झुक्याउन सक्ने खालका जानकारी’ भएकोले त्यसो गरिएको उक्त कम्पनीले जनाएको छ । ट्रम्पले ट्विटरको यस कदमबारे ट्वीट गर्दै उसले अब सन् २०२० को राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप गर्न लागेको प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन्, “ट्विटरले पूर्ण रूपमा खुला अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठेको छ र राष्ट्रपतिको रूपमा मैले त्यसो हुन दिनेछैन।“ राष्ट्रपति ट्रम्पविरूद्ध कदम चाल्न यस सामाजिक सञ्जाल सुस्त देखिएको थियो । ट्रम्पले आफ्ना कतिपय ट्वीटमा सन् २००१ मा भएको लोरी क्लाउस्टसको मृत्युबारे व्यक्त गरेका अनुमानलाई ट्विटरले नहटाउने निर्णय गरेको पृष्ठभूमिमा यस कदम आएको छ ।

ट्रम्पले आफ्ना षड्यन्त्रका सिद्धान्त प्रस्तुत गर्दै श्रीमती क्लाउस्टसको हत्या त्यसबेलाका उनका हाकिम एमएसएनबीसी टेलिभिजनका प्रस्तोता जो स्कारबोर्गले गरेको उल्लेख गरेका थिए । जो स्कारबोर्गकी श्रीमतीले समेत राष्ट्रपतिलाई ’बिरामी’ भन्दै ती ट्वीट हटाउन ट्विटरलाई आग्रह गरेकी थिइन् । उक्त हत्या दुर्घटना सावित भएको थियो ।

लोरी क्लाउस्टसका पति टिमोथी क्लाउस्टसले ज्याक डोर्सीलाई एउटा पत्र लेख्दै आफ्नी श्रीमतीको हत्याबारे ट्रम्पको ’भयावह झुट’ उल्लेखित उक्त ट्वीट हटाउन आग्रह गरेका थिए । लोरी क्लाउस्टसका पति टिमोथी क्लाउस्टसले ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीलाई एउटा पत्र लेख्दै ’भयावह झुट’ उल्लेखित उक्त ट्वीट हटाउन आग्रह गरेका थिए । ट्विटरले त्यसो गर्न अस्वीकार गरेको थियो । तर ट्विटरले टिमोथी क्लाउस्टसलाई राष्ट्रपतिका अभिव्यक्तिबाट परेको चोटबारे आफूहरू ’निकै दुःखी’ भएको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, आठ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह नेता नसरल्लाहको मृत्यु

बेरुत, लेबनान । लेबनानको इरान समर्थित हिजबुल्लाह समूहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे