बेलायतमा लकडाउन केही खुकुलो हुने



बेलायती प्रधानमन्त्री बेरिस जोन्सनले कोरोना महामारीका कारण गरिएको लकडाउनलाई केही खुकुलो बनाउने संकेत गरेका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री जोन्सनले १५ जुनपछि अति आवश्यक खुद्रा पसलहरु खोल्न दिने बताएका हुन् । ।

तर खोल्नका लागि सरसफाई र सामाजिक दूरीमा ध्यान दिनुपर्ने उनले बताए । उनले आउटडोर बजार तथा कार शो रुमहरु जुन १ बाट खोलिने बताए ।

यसअघि बोरिसले देश अब कोरोना महामारीसँग जुध्न दोस्रो चरणका लागि तयारी अवस्थामा रहेको बताएका थिए । उनले जुन १ देखि इग्ल्याण्डमा बच्चाहरुको स्कुल खोल्ने बताए । बेलायतको स्वास्थ्य विभागका अनुसार गत २४ घण्टामा बेलायतमा १ सय २१ जनाले कोरोनाको कारण मृत्यु भएको छ ।

योसँगै बेलायतमा कोरोनाका कारण मर्नेको संख्या ३६ हजार ९ सय बढी पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चुनावपछि अमेरिका–चीन सम्बन्धमा सुधार आउने बेइजिङको विश्वास

चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार

हाइटीमा रात्रिकालीन कर्फ्यु र सङ्कटकाल घोषणा

हाइटीको सरकारले राजधानी शहरको मुख्य कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाको लहरलाई दबाउन

गाजा युद्धविराम तथा बन्धक मुक्तिको लागि आयोजित कायरो बैठकमा सहभागी नहुने इजरायलको निर्णय

इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको

पाकिस्तानमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण पाकिस्तानमा कम्तीमा २९ जनाको मृत्यु भएको