ब्राजिल यात्रा गरेका विदेशी नागरिकलाई अमेरिका छिर्न प्रतिबन्ध



पछिल्ला १४ दिनमा ब्राजिल यात्रा गरेका विदेशी नागरिकहरूलाई अमेरिकाले आफ्नो देश छिर्नमा प्रतिबन्ध लगाएको छ । तीन लाख ६० हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएसँगै उक्त दक्षिण अमेरिकी देश हालै विश्वको दोस्रो ठूलो केन्द्र बनेको छ । त्यहाँ २२ हजार भन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यस्तो प्रतिबन्धलाई ह्वाइटहाउसकी एकजना प्रवक्ताले अमेरिकामा नयाँ सङ्क्रमण नभित्राउने कार्य सुनिश्चित गर्ने उपाय बताइन् । दुई देशबीचको व्यापारमा भने यस प्रतिबन्धले असर नगर्ने बताइएको छ ।

प्रतिबन्धले अमेरिकी नागरिक, उनीहरूका श्रीमान, श्रीमती, अभिभावक, कानुनी संरक्षक, अमेरिकी नागरिकका सन्तान वा कानुनी रूपमा स्थायी आवासीय अनुमति भएका र २१ वर्ष मुनिका तिनका धेरैजसो दाजुभाइ एवं दिदीबहिनीहरूलाई भने रोक्नेछैन । यसअघि आइतवार ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्टो ब्राइनले यसैगरी अन्य देशहरूलाई समेत पालैपालो हेरिने बताएका थिए ।

अमेरिकामा अहिले सबैभन्दा धेरै १६ लाखभन्दा बढी सङ्क्रमित पुष्टि हुनुका साथै झण्डै एक लाख मानिसहरूले ज्यान गुमाएका छन् । यसअघि नै चीन, इरान, युरोपको सेन्जेन क्षेत्र, ब्रिटेन र रिपब्लिक अफ आयरल्याण्ड भ्रमण गर्नेहरूलाई अमेरिकामा प्रतिबन्ध लगाइएको छ ।

क्यानडा र अमेरिकाले समेत हालै दुई देशको सीमामा अत्यावश्यक बाहेकका यात्राका लागि जारी बन्द लम्ब्याउने सहमति गरेका छन् । ब्राजिलले हालै पुष्टि भएका भाइरस सङ्क्रमितको सङ्ख्याका आधारमा रूसलाई उछिनेको थियो ।  राष्ट्रपति जइर बोल्सोनारोले भने बारम्बार भाइरसले उत्पन्न गराएको जोखिमलाई नकार्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा बाढीमा परी ९८ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यससँगै आएको आकस्मिक बाढीका

इजरायली आक्रमणबाट मानवीय सहायता वितरणका क्रममा गाजामा आठ सयको मृत्यु

जेनेभा ।  संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने

आफूलाई सुरक्षा चेतावनी आएको इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीको दाबी

तेहरान । सन् २०२३ को नोबेल शान्ति पुरस्कार जितेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदीलाई

ब्याजदर घटाउन हतार नगर्ने इसीबीको भनाई

जर्मनी । युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले तत्काल फेरि ब्याजदर कटौती गर्न हतार