भारतीय पत्रकार गोस्वामीविरुद्ध मुद्दा चलाउन अदालतको आदेश



भारतीय रिपब्लिक टेलिभिजनका सञ्चारकर्मी अर्नव गोस्वामीविरुद्ध भारतीय अदालतले मुद्दा चलाउन आदेश दिएको छ । गोस्वामीले साम्प्रदायीक सदभाव भड्काएको भन्दै अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको हो ।

मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकी पाउँ भन्दै उनले गरेको अपिल सर्वोच्च अदालतले गत मंगलबार खारेज गरेको थियो। उनको अपिल खारेज भएसँर्गै महाराष्ट्र प्रहरीलाई अदालतले अनुसन्धान अघि बढाउन आदेश दिएको हो । हालै टेलभिजन कार्यक्रममार्फत गोस्वामीले मुम्बई सहरका लाखौं सुकुम्बवासीविरुद्ध तुच्छ भाषा प्रयोग गरेको भन्दै प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

उनीविरुद्ध अदालतले १४ अलग अलग ठाउँबाट परेका उजुरीलाई खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको छ । रिपब्लिक टेलिभिजनका मालिक र प्रधान सम्पादकसमेत रहेका गोस्वामीले केही दिनअघि नेपालको नयाँ नक्सा, कालापानी र लिम्पियाधुराका विषयमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसँग गरेको कुराकानीमा पनि चर्काचर्की गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने पक्का

अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुवै नेताले अमेरिकी राष्ट्रपतिका लागि

जापानमा निसानले सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सञ्चालन गर्ने

निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको

ग्रीसले आर्मेनिया–अजरबैजान बीचको शान्ति प्रयासलाई समर्थन गर्ने

ग्रीसले आर्मेनिया र अजरबैजान बीचको शान्ति सन्धिका लागि गरिने सबै कूटनीतिक प्रयासहरूलाई समर्थन

पश्चिमले युक्रेनमा सेना पठाएमा रुस–नेटो भीडन्त हुन क्रेमलिनको चेतावनी

पश्चिमी राष्ट्रहरूले युक्रेनमा सेना पठाउने निर्णय गरेमा रुस र उत्तर एट्लान्टिक सन्धि सङ्गठन