अस्ट्रेलियाको पश्चिमी तटीय क्षेत्रमा विशाल आँधी आउने



अस्ट्रेलियाको पश्चिमी तटीय क्षेत्रमा विशाल आँधी आउन लागेको र अबको केही घण्टामै उक्त आँधी जमिनमा बज्रने बताइएको छ । केही क्षेत्रमा मुसलधारे पानी, तीव्र गतिको हावा र आठ मिटर अग्ला सम्मका छाल आउने मौसम भविष्यवाणी गरिएको छ । मौसम विभागका अनुसार यो प्रतिकूल मौसम उष्णप्रदेशीय आँधी माङ्गा चिसो हावासँग मिसिएपछिको परिणाम हो ।

अग्नि तथा आपत्कालनीन सेवा विभागका वरिष्ठ अधिकारीले यो एक दशकमा एक पटक आउने किसिमको आँधी भएको बताए । पश्चिमी तटीय क्षेत्रमा अस्वाभाविक किसिमको प्रतिकूल मौसम छाउनेछ। मौसमी प्रतिकूलता सोमवारदेखि कम हुँदै जाने पनि मौसमविद्हरूले बताएका छन् । अधिकारीहरूले मानिसहरूलाई आफ्नो सम्पत्तिको सुरक्षा गर्न र सामानहरू बाँधेर राख्न भनेको बताइएको छ । पश्चिमी अस्ट्रेलियाको धेरै ठाउँमा प्रतिकूल मौसमको चेतावनी जारी गरिएको छ ।

यो पश्चिम अस्ट्रेलियाका लागि विरलै हुने घटनाका रूपमा पनि व्याख्या गरिएको छ । तटीय क्षेत्रमा १०० किलोमटिर प्रति घण्टाको दरले हावा बहने र केही ठाउँमा त्यो गति १३० किलोमिटर प्रति घण्टासम्म रहने मौसम विभागले जनाएको छ। केही क्षेत्रमा १०० मिलिमिटरसम्म पानी पर्नसक्ने भनिएको छ । यो मौसम प्रणालीले आइतवार पश्चिमी तटीय क्षेत्रमा हान्नेछ भने सोमबारसम्म त्यस्तै अवस्था रहने पनि आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा मध्यपूर्वसम्बन्धी नीतिमा ठूलो परिवर्तनको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको मध्यपूर्वसम्बन्धी नीतिमा दशकौँ यताको

जापानी प्रधानमन्त्रीले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने

  टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा

चिनियाँ विज्ञान प्रविधि सङ्ग्रहालयमा दर्शकको चाप

बेइजिङ । चीनका विज्ञान–प्रविधि सङ्ग्रहालय (सीएसटीएम) सन् २०२५ मा ३० लाखभन्दा बढीले भ्रमण

मङ्गोलियामा ५ मध्ये १ जनाको क्यान्सरका कारण मृत्यु

उलनबटार । मङ्गोलियामा मृत्युको प्रमुख कारणमा क्यान्सर रहेको देशको राष्ट्रिय क्यान्सर केन्द्र (एनसीसी)