चीनमा पछिल्लो २४ घण्टामा शून्य संक्रमण



चीनमा गत डिसेम्बरमा कोरोनाभाइरस सङ्क्रमण फैलिएयता पहिलो पटक शुक्रवार २४ घण्टामा कुनै नयाँ सङ्क्रमित भेटिएन । त्यहाँको नेशनल हेल्थ कमिशनले गएको २४ घण्टामा कोभिड१९ का कारण कसैको पनि मृत्यु नभएको जनाएको छ ।

चिनियाँ शहर वुहानमा पहिलो सङ्क्रमण पुष्टि भएयता संसारभर ५० लाख मानिसहरू सङ्क्रमित भएका छन् भने ३ लाख ३८ हजार जनाको मृत्यु भएको छ । चीनमा मात्रै ८४ हजार भन्दा बढी सङ्क्रमित भएक र ४ हजार ६०० जनाको मृत्यु भएको छ । वुहानको हुबेमा सरकारले गरेको कडा लकडाउनका कारण कोरोनाभाइरस चीनको अन्य भागमा धेरै फैलिन नपाएको बताइन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार दक्षिण अमेरिका महामारीको नयाँ केन्द्रविन्दु बनेको बताएको छ । ब्रजिल र मेक्सिकोमा हालैमा दिनमा नयाँ सङ्क्रमण ह्वात्तै बढेको छ । ब्रजिलमा ३ लाख ३० हजार भन्दा बढी सङ्क्रमण पुष्टि भएको छ जुन विश्वमै अमेरिका पछि सबैभन्दा बढी सङ्क्रमण भएको देश हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल

बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च

गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु

इस्तानबुलका मेयरको गिरफ्तारीपछि टर्कीमा सरकारको विरोधमा हजारौँ प्रदर्शनकारी सडकमा

टर्की । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको

नाइजेरियामा मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु

नाइजरिया । नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणबाट