कराँचीमा तीन सय भन्दा बढी कैदीबन्दीलाई कोरोना संक्रमण



पाकिस्तानको कराचीस्थित जेलमा तीन सय भन्दा बढी कैदीबन्दी कोरोनाभाइरसबाट संक्रमित भएका छन् । कराची केन्द्रीय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा संक्रमण फैलिएको अधिकारीहरुले जानकारी दिएका छन् । शनिबार सार्वजनिक भएको विवरणअनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरैजनामा संक्रमण फैलिएको बताइएको छ ।

कारागारका अधिकारीहरुले संक्रमित र संक्रमण नभएका कैदीहरुलाई अहिले छुट्टा–छुट्टै राखिएको जानकारी दिएका छन् । चाँडो–चाँडै संक्रमण फैलिएको देखिएपछि अहिले अस्पतालका सबै कैदी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारीलगायतको पनि कोरोना परीक्षण गरिएको छ । कारागारमा पहिलो संक्रमित यही मे ११ तारिखका दिन पुष्टि भएको थियो ।

त्यसपछि अरु केही व्यक्तिहरुमा देखिएको थियो । अहिले त्यो दिन–प्रतिदिन बढ्दै गइरहेको पाइएको छ । शनिबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट ५२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनका लागि युद्धविराम ‘राहत’ मात्र हुने पुटिनका सहयोगीको भनाइ

मस्को । क्रेमलिनका एक उच्च सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण

पेरिस । यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने अन्तर्राष्ट्रिय ऊर्जा निकाय

युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प

वासिङ्टन । किएभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि

पाकिस्तानमा रेल बन्धकबाट कम्तीमा २५ जनाको शव बरामद

पाकिस्तान । अधिकारीहरूले बिहीबार पहिलो अन्त्येष्टिअघि पाकिस्तानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा रेल घेराबन्दीमा मारिएका २१